February 2nd, 2016

प्रभु म्यानेजमेन्टको रक्क्तदान सम्पन्न

“रक्तदान नै जीवनदान हो ” भन्ने मुल नाराका साथ प्रभु म्यानेजमेन्ट प्रा.लि. र नेपाल रेडक्रस सोसाईटी ललितपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा पनि आफूलाक्ष्ई सक्रिय गराउँदै आएको प्रभू ग्रुप अन्तरगत प्रभू म्यानेजमेन्टले आफ्नै प्राङगढमा ‘सामाजिक कार्यमा प्रभुको साथ’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रभु म्यानेजमेन्ट प्रा.लि. ले भुकम्प पिडीत बिरामीहरुको सहयोगार्थ रक्क्तदान कार्यक्रम आयोजना गरेको हो । उक्क्त कार्यक्रममा प्रभु मेनेजमेन्ट प्रा.लि., प्रभु मनी ट्रान्सफर र प्रभु ग्रुप अन्तर्गतका अन्य संस्थाहरुमा कार्यरत ५० जना भन्दा बढी कर्मचारीहरुले रक्क्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रभू ग्रुपका उपाध्यक्ष कुशुम लामाले सामाजिक कार्यमा प्रभू ग्रुपले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र सोही अनुसार यो एउटा कार्यक्रम रहेको जानकारी गराइन् । उनले यस अघि भूकम्प पीडीतहरुलाई प्रभूले गरेको सहयोग स्मरण गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा प्रभू ग्रुप शशक्त भएर अघि बढ्ने बताइन् ।

prabhu group 12


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]