December 10th, 2017

प्रदेश नम्बर २ मा बैंकिङ पहुँच झन् कम्जोर (सम्पूर्ण सूची सहित)

बैंकिङ खबर / संघीय संरचना अनुसार निर्माण भएको प्रदेश नम्बर २ मा आठ जिल्लाहरु छन् । यस प्रदेशका अधिकांश स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । 

सप्तरी

११ स्थानीय तहमा बैंक छैनन्
सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन नगरपालिकामा मात्रै बैंक शाखा सञ्चालनमा छन् । 

यि हुन् बैंक नपुगेका सप्तरीका तह
छिन्मस्ता गाउँपालिका
तिरहत गाउँपालिका
वलान विहुल गाउँपालिका
तिलाठी कोइलाडी गाउँपालिका
विष्णपुर गाउँपालिका
वेल्ही चपेना गाउँपालिका
महादेवा गाउँपालिका
रुपनी गाउँपालिका
सुरुङ्गा गाउँपालिका
कृष्णसरवान गाउँपालिका
डाक्नेस्वरी गाउँपालिका

सिरहाको ७५ प्रतिशत स्थानीय तह बैंक बिहिन
सिरहा जिल्लाका ७५ प्रतिशत स्थानीय तहमा बैंंक शाखा पुग्न सकेका छैनन् । जिल्लामा ६ नगरपालिका सहित १६ वटा स्थानीय तहहरु छन् जसमध्ये हाल सम्म ४ वटा स्थानीय तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका र सिराहा नगरपालिका बाहेकका सबै स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेको छैन । 
सिरहाका कुन–कुन तहमा बैंक छैनन् ? 
अर्नमा गाउँपालिका
औरही गाउँपालिका
कर्जन्हा नगरपालिका 
धनगढीमामाई नगरपालिका 
नवराजपुर गाउँपालिका
वरियापट्टी गाउँपालिका
भगवानपुर गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका
विष्णपुर गाउँपालिका
सुखुवाना गाउँपालिका
कल्याणपुर नगरपालिका 
नरहा गाउँपालिका

धनुषाका ९ तह बैंकिङ पहुँच बाहिर
धनुषा जिल्लाका कूल २० स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा हाल सम्म बैंंकिङ पहुँच पुग्न सकेको छैन । जिल्लाको ३ नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तहमा कुनै पनि बैंकका शाखा छैनन् । धनुषाको जनकपुर उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, शहीदनगर नगरपालिका, सप्तऋषि नगरपालिका क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, सबैला नगरपालिका, मिथिला नगरपालिक र जनकनन्दिनी गाउँपालिकामा बैंक शाखा पुगिसकेका छन् । तर यि बाहेक कुनै पनि स्थानीय तहमा बैंक शाखा पुग्न सकेका छैनन् । 
यि हुन् बैंक नपुगेका ९ स्थानीय तह
औरही गाउँपालिाका 
बटेश्वर गाउँपालिका 
लक्ष्मीनिया गाउँपालिका 
मुखियापट्टी मुसहरमिया गाउँपालिका 
धनौजी गाउँपालिका     
कमला सिद्धिादात्री गाउँपालिका 
मिथिला बिहारी नगरपालिका 
विदेह नगरपालिका 
हंसपुर नगरपालिका 

महोत्तरीका  ६० प्रतिशत स्थानीय तहमा बैंक छैनन्
महोत्तरी जिल्लाका ६० प्रतिशत स्थानीय तहहरु बैंकिङ पहुँच बाहिर रहेका छन् । जिल्लाका कूल १५ स्थानीय तह मध्ये ९ वटा स्थानीय तहहरुमा हाल सम्म कुनै पनि बैंकले शाखा खोलेका छैनन् । महोत्तरीका ४ नगरपालिका मा नै बैंक शाखा पुग्न सकेका छैनन् । बैंक नभएका स्थानीय तहमा बसोबास गर्ने सर्वसाधारणहरु बैंकिङ कारोबार गर्न छिमेकी स्थानीय तहमा जानु पर्ने बाध्यता रहेको छ । जिल्लाको बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका, बलवा नगरपालिका, लोहारपट्टी नगरपालिका र मटिहानी नगरपालिका यस अघि बैंकहरुले सेवा दिइरहेको भए पनि यस बाहेकका सबै स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् ।
कुन–कुन तहमा बैंक छैनन् त ? 
एकडारा गाउँपालिका 
पिपरा गाउँपालिका 
महोत्तरी गाउँपालिका 
सोनमा गाउँपालिका 
साम्सी गाउँपालिका     
भंगाहा नगरपालिका
मनराशिसवा नगरपालिका 
रामगोपालपुर नगरपालिका 
औरही नगरपालिका 


सर्लाहीका १३ तह बैंक विहिन
सर्लाही जिल्लका १३ स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । जिल्लाका ४ नगरपालिका तथा ९ वटा गाउँपालिकामा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका ईश्वरपुर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका र हरिवन नगरपालिकामा मात्रै हाल सम्म बैंक पुगेका छन् । 
बैक नपुगेका सर्लाहीमा १३ तह ः 
कौडेना गाउँपालिका
पर्सा ग गाउँपालिका
वसवरिया गाउँपालिका
चक्रघट्टा गाउँपालिका
चन्द्रनगर गाउँपालिका
भनकौल गाउँपालिका
ब्रम्हपुरी गाउँपालिका
रामनगर गाउँपालिका
विष्णु गाउँपालिका
कविलासी नगरपालिका 
वागमती नगरपालिका 
हरिपुर्वा नगरपालिका 
गौडैता नगरपालिका 

बैंकिङ पहुँचमा कमजोर रौतहट
बैंकिङ पहुँचमा रौटहट जिल्ला प्रदेश नम्बर २ कै कमजोर जिल्ला हो । रौतहट जिल्लाका कूल १९ स्थानीय तह मध्ये ५ वटा तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । जिल्लाका ११ नगरपालिका नै बैंकिङ पहुँच बाहिर रहेका छन् । रौतहटका चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका र परोहा नगरपालिका बाहेकका सबै स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । 
बैंक नपुगेका रौतहटका १४ स्थानीय तह
दुर्गाभगवती गाउँपालिका 
परोहा गाउँपालिका 
यमुनामाई गाउँपालिका     
राजदेवी नगरपालिका 
बैधीमाई नगरपालिका 
वृन्दावन नगरपालिका 
देवाही गोनाही नगरपालिका 
गढीमाइ नगरपालिका 
गजुरा नगरपालिका 
राजपुर नगरपालिका 
फतुवा विजयपुर नगरपालिका 
मौलापुर नगरपालिका
माधवनारायण नगरपालिका 
ईशनाथ नगरपालिका 

बाराका सबै गाउँपालिका बैंक विहिन
बारा जिल्लाका १६ स्थानीय तह मध्ये १० स्थानीय बैंकिङ पहुँच बाहिर रहेका छन् । जिल्लाको १ नगरपालिका सहित सबै गाउँपालिका बैंक विहिन छन् । बाराका सिमरा जितपुर उपमहानगरपालिका, कोल्हवी नगरपालिका, कलैया नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका र निजगढ नगरपालिका मात्रै हाल सम्म बैंकका शाखा पुगेका छन् । 
बैंक नपुगेका बाराका स्थानीय तह
आदर्श कोटवाल गाउँपालिका 
करैयामाई गाउँपालिका 
देवताल गाउँपालिका 
परवानीपुर गाउँपालिका 
बारागढी गाउँपालिका 
फेटा गाउँपालिका 
प्रसौनी गाउँपालिका 
विश्रामपुर गाउँपालिका 
सुवर्ण गाउँपालिका     
पचरौटा नगरपालिका 

बैंकिङ पहुँचमा पर्साको अवस्था नाजुक
बैं.किङ पहुँचमा पर्सा जिल्ला पनि कमजोर देखिएको छ । पर्साका १६ स्थानीय तह मध्ये ५ स्थानीय तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, पोखरीया नगरपालिका र बीरगञ्ज महानगरपालिका बाहेक सबै स्थानीय तह बैंकिङ पहुँच बाहिर छन् । 
यि हुन् बैंक नपुगेका पर्साका स्थानीय तह
पटेर्वा सुगौली गाउँपालिका 
वहुदरमाई नगरपालिका
पर्सागढी नगरपालिका 
धोबीनी गाउँपालिका 
सुवर्णपुर गाउँपालिका 
पकाहा मैनपुर गाउँपालिका 
बिन्दबासिनी गाउँपालिका 
छिपहरमाई गाउँपालिका
कालिकामाई गाउँपालिका 
जगरनाथपुर गाउँपालिका 
बेलवा गाउँपालिका 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]