September 24th, 2017

पोखराको चाउथेमा खुल्यो गण्डकी विकास बैंकको नयाँ शाखा 

गण्डकी विकास बैंक लिमिटेडले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका स्थित चाउथेमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गरे ।

शाखा उद्घाटनको अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले एक सवल र सक्षम विकास बैंक भएको र उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा गण्डकी विकास बैंक परिवारलाई हार्दिक बधाई दिए । साथै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय पहुच नपुगेका ग्रामिण क्षेत्रमा पनि शाखा विस्तार गर्न सुझाव समेत दिए । बैंकको जोखिम दिनानुदिन बढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

गण्डकी विकास बैंकका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । उक्त कार्यक्रममा  पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १४ का अध्यक्ष प्रेम वहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासघंका पूर्व अध्यक्ष आनन्दरराज मूल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य बैंकका संचालक वासुदेव त्रिपाठीले दिएका थिए ।

सामाखुसी र अमुवामा पनि शाखा विस्तार
गण्डकी विकास बैंकले मिति २०७४ असोज ०६ गते देखि काठमाडौंको सामाखुसी र रुपन्देहीको अमुवा शाखाबाट पनि कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखासहित बैंकको ५५ वटा शाखा कार्यालय भएका छन् । निकट भविष्यमा नै  विर्तामोड, विराटनगरबाट शाखा संचालन गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।                                                                                                       


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]