May 2nd, 2017

नेपाल लाइफ इन्स्योरेन्सले कमायो झन्डै ४१ करोड मुनाफा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनाभमा ७२ दशमलव १० प्रतिशत बढी नाफा कमाएकोे हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल लाइफले २३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तीन अर्ब नौ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा चार अर्ब ७३ करोेड ३७ लाख रुपैयाँ र जीवन बीमा कोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ६४ दशमलव ०४ प्रतिशतले बढेर ५४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खर्च ४३ दशमलव २९ प्रतिशतले बढेर १३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीले बीमा शुल्क (खुद) सात अर्ब ८१ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने एक अर्ब ९४ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा शूल्कवापत ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ भने एक अर्ब ९४ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख २४ हजार ६ सय ४२ वटा बीमालेख जारी गरेको छ भने १७ हजार आठ सय ९५ वटा दाबी भुक्तानी गरेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १७ दशमलब ६४ रुपैयाँ, पि ई अनुपात एक सय ४१ दशमलब १५ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ६० दशमलब १४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार पाँच सय २९ दशमलब १४ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]