June 27th, 2017

नेपाल बैक लिमिटेड र त्रिभुवन विश्वविद्यालयवीच सम्झौता 

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिविवि)विच पारस्परिक हित प्रवद्र्धनका निम्ति सहकार्य सम्वन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले काठमाडौँमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे ।

उक्त समझदारीपत्रमा त्रिविविका सबै निवृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष वचत खाता खोली सोही खाता मार्फत पेन्सन भुक्तानी लिने, पेन्सन भुक्तानीको प्रयोजनार्थ बढीमा १५ कार्यदिनसम्मका लागि बैकद्वारा त्रिविविलाई १५ करोड बरावरको रकम ओभरड्रन सुविधा विना व्याजमा उपलव्ध गराउने, त्रिविविद्वारा बैकसंग गरिने ड्राफट टिटि एविविएस ,बेव् रेमिट् चार्ज लगायतका वित्तीय कारोवारमा ५० प्रतिशत शुल्क छुट दिने, त्रिविविका विद्यार्थीलाई बैकको वालाजु औद्योगिक क्षेत्र, भक्तपुर, जावलाखेल, कालीमाटी र चावहिल शाखाबाट परीक्षा शुल्क निम्ति काउन्टर सेवा उपलव्ध गराउने, प्रशिक्षण, अनुसन्धान ,परामर्श, इन्टर्नशीप, पुरष्कार, पदस्थापन, प्रायोजन तथा पुरष्कारका क्षेत्रमा सहकार्य मार्फत सांगठनिक सम्वन्ध प्रगाढ बनाउँदै दुवै संस्थाको उन्नयन तथा हित प्रवध्र्दन निम्ति मार्ग प्रशस्त गर्ने लगायतका वुँदाहरु समाविष्ट छन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]