January 4th, 2018

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध भएका छन् । उनी एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । बैंक अफ काठमाडौंबाट बैंकिङ करीयर सुरु गरेका उनी एनसीसी बैंक हुँदै एनबी बेंक आइपुगेका हुन् । संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् । एशोसिएशनको विशेष साधारण सभाले उनलाई निर्बिरोध रुपमा चयन गरेको हो । गत मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष थिए । उनको मेगा बैंकमा समय समिएपछि अध्यक्ष पद स्वतह खाली भएको थियो । शाहले गत महिनानै मेगा बैंकमा अवधिका कारण पदबाट राजिनामा दिएका थिए । बैंकर्स संघमा पदाधिकारी रहन वा अध्यक्ष हुन कुनै पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुपर्छ । बैंकबाट बाहिरीना साथ संघबाट स्वतह बाहिरीने विधानमा उल्लेख छ । बैंकर्स संघ वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]