September 10th, 2016

नेपालका चार बीमा कम्पनीमा ५६ करोडभन्दा बढी विदेशी लगानी

insuranceनेपालको बीमा क्षेत्रमा विदेशी कम्पनीहरुले उल्लेख्य मात्रामा लगानी गरेका छन् । बीमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित देखिएका हुन् । नेपालमा सञ्चालित सञ्चालित बीमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी रहेको छ । भारत, श्रीलंका, जर्मन तथा अमेरिकी कम्पनीले नेपाली बिमा कम्पनीहरूमा लगानी गरेका छन् ।

कुन कम्पनीमा कति विदेशी लगानी ?
हाल सञ्चालित बीमा कम्पनीमध्ये नेसनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स कम्पनीमा विदेशी कम्पनीहरूले प्रत्यक्ष रूपमा लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) मा सबैभन्दा बढी विदेशी लगानी छ । उक्त कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन इन्डियाको ५५ प्रतिशत लगानी छ । ८५ करोड ५५ लाख चुक्ता पुँजी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) भारतीय कम्पनीले ३८ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । 

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने अमेरिकन कम्पनी सिलिक कोटको २ प्रतिशत लगानी छ । १ अर्ब १ करोड चुक्ता पुँजी रहेको उक्त कम्पनीमा अमेरिकन कम्पनीले २ करोड ३ लाख लगानी गरेको छ । 

निर्जीबन बीमा कम्पनीतर्फ युनाइटेड इन्स्योरेन्स कम्पनीमा जर्मन कम्पनी कपुर जीएमबीएच तथा मोरगान रिड एन्ड सरमनको एक÷एक प्रतिशत लगानी छ । १० करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा जर्मन कम्पनी कपुर जीएमबीएच तथा मोरगान रिड एन्ड सरमनको २१ लाख ६० हजार रुपैयाँ लगानी रहेको छ । 

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकको सिलिङको इन्स्योरेन्स कम्पनी २० प्रतिशत लगानी छ ।  ३५ करोड ६५ लाख चुक्ता पुँजी रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकाको कम्पनीले ७ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । 

विदेशी बीमा कम्पनीका शाखा नेपालमा
केही विदेशी कम्पनीले भने नेपालमा शाखा कार्यलय सञ्चालन गरेका छन् । अमेरिकी बीमा कम्पनी मेटलाइफ एलिकोले नेपालमा पनि शाखा सञ्चालन गरेको छ । त्यस्तै, भारतीय बीमा कम्पनी दि ओरियण्टल र नेशनल इन्स्योरेन्स कम्पनीले पनि नेपालमा शाखा कार्यालय सञ्चालन गरेका छन् । 

बीमा ऐनमा नेपालमा बिमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थाले बीमा समितिमा बिमकको रूपमा दर्ता हुनुपर्ने भनिएपनि नेपाली बिमा कम्पनीमा विदेशी लगानीसम्बन्धी स्पष्ट नीति भने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]