June 14th, 2017

निर्धन उत्थान बैंकले दियो श्रीमानको मृत्युपछि बीमा रकम  

धरान स्थित निर्धन उत्थान बैक लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रमक प्रदान गरेको छ । धरान – १९ गैरेटोलमा गठन भएको गैरेटोल महिला स्वावलम्बी समुहकी सदस्य कल्पना राईका श्रीमान तिलकराम राईको निधन भएपछि निज सदस्यलाई मगंलबार एक कार्याक्रमको बिच क्षतिपूर्ति बापतको रकम १२ हजार छ सय ५० प्रदान गरिएको बैंकले जानकारी दिएको छ । शाखा कार्यालय पाचकन्या धरान का शाखा प्रमूख टिकाराम गिरीले मृतककी श्रीमती कल्पना राईलाई उक्त रकम प्रदान गरेका हुन् । 

शाखा प्रमूख गिरीका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत एक सय ३८ प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत दुई सय ३८ प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था रहेको छ । यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा १२ हजार छ सय ५० क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]