February 11th, 2017

दुई करोड रुपैयाँ चुक्तापुँजी भएको जनउत्थानले छ महिनामा कमायो ८९ लाख मुनाफा

जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवसिधको तुलनामा ५२ दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनउत्थानले ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

दुई करोड रुपैयाँ चुक्ता पूँजी भएको जनउत्थान सामुदायक लघुवित्तले निक्षेपमा ८० दशमलव ७८ प्रतिशतले वृद्धि गरी १० करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ लघुवित्तले ४७ करोड आठ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ६८ दशमलव ९७ प्रतिशतले बढेर दुई करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३८ दशमलव ६१ प्रतिशतले बढेर एक करोड २७ लाख रुपैयाँ पुगेको छ । 

निष्कृर्य कर्जा एक दशमलव ५२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ११ प्रतिशत रहेको बैकले जगेडाकोषमा दुई करोड ७९ लाख रुपैयाँ राखेको छ भने ३२ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको प्रतिशेयर आम्दानी ७४ दशमलव ५० रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]