January 30th, 2018

गुहेश्वरी फाइनान्सले आर्जन गर्यो तीन करोड मुनाफा

बैंकिङ खबर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव दशमलव १६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गुहेश्वरीले तीन करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले जगेडाकोषमा १३ करोड ६५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा दुई अर्ब ७७ करोड ५२ लाख रुपैयाँ संकलन गरी बैंकले कर्जामा दुई अर्ब ४० करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी तथा संचालन आम्दानी सामान्य वृद्धि गरे पनि संचालन खर्च अर्थात कर्मचारी खर्च तथा अन्य संचालन खर्चहरुमा भने अत्यधिक वृद्धि गरेको हुँदा मुनाफा घटेको हो । पुस मसान्तसम्ममा फाइनान्सले पाँच करोड ८६ लाख ३९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने पाँच करोड चार लाख १५ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

निष्कृय कर्जा शुन्य दशमलव ५६ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २५ दशमलव ३८ प्रतिशत रहेको फाइनान्सले पाँच लाख ६० हजार रुपैयाँ प्रोभिजन राखेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक सात दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ५२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]