January 19th, 2018

कृषि विकास बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

वि.स.२०७४ माघ ७ गते हुन गईरहेको कृषि विकास बैंक लि.को ५१ वार्षिक उत्सवको अबसरमा कृषि विकास बैंक कर्मचारी संघ, नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी ने.क.पा.एमालेका केन्द्रिय सचिव गोकर्ण विष्ट र बिशिष्ट अतिथीमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका थिए । कार्यक्रमको अध्यक्षता कृषि बिकास बैंक कर्मचारी संघ मुख्य कार्यालय समिति अध्यक्ष नरहरी दुलालले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत ९५ जनाले रक्तदान गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]