August 31st, 2016

एलआईसीले ल्यायो बीमा क्षेत्रकै नयाँ योजना

licतपाईँ…खुसीको खाता खोल्नुहोस् भन्ने सन्देशका साथ न्युनतम ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । मंगलबार एक समारोहबीच उक्त योजनाको औपचारिक सार्वजनीकरण बीमा समितिका अध्यक्ष प्रा. डा. फत्त वहादुर के.सी.ले गरे । योजना सार्वजनिक गर्दै डा. केसीले लक्षित वर्गमा प्रभावकारी रुपमा यो योजनालाई कार्यान्वयनमा ल्याउनुपर्नेतर्फ कम्पनीको ध्यानाकर्षण गराए । 

जीवन श्री योजनाका विशेषताहरु
सो योजनाअन्तर्गत, कम्पनीले बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम रु. ५ लाख रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि रु. ६५ प्रतिहजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा र छैटौंदेखि परिपक्वता समयसम्म कम्पनीले घोषणा गरे अनुसार बोनसदर प्रदान गर्नेछ । यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । यस योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको कम्पनीले जनाएको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् । 

abhijit ghosकम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनामार्फत सजिलै प्राप्त गर्न सक्ने चर्चा गर्दै यस बीमा योजनाले मानसिक शान्ति प्रदान गर्ने बताए । उनले बीमा क्षेत्रमै नयाँ योजना आफूहरुले ल्याएको र यसबाट बिमितहरुले कम लगानीमा धेरै फाइदा लिन सक्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका मेनेजिङ डाइरेक्टर कुमार केशर विष्टले बीमा क्षेत्रलाई हि तगर्ने खालका यस्ता योजनालाई बिमा समितिले पनि प्रोत्साहन गर्नेमा विश्वस्त रहेको बताए । साथै, छिटै नै उत्कृष्ट कार्ययोजना ल्याउने तयारीमा कम्पनीमा लागिपरेको जानकारी गराए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]