January 18th, 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

एनआईसी एशिया बैंकले शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको विधिवत् रुपमा उद्घाटन गरेको छ । विहीबार (माघ ४ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा अग्रणी बैंकहरु मध्ये एक मानिने एनआईसी एशिया बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]