एडीबीको लगानी – ‘बालुवामा पानी’, ३२ परियोजना कछुवा गतिमा

एसियाली विकास बैंक(एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले आज अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल ३२ परियोजनाको कार्य प्रगतिमा सुस्तता आएको छ । एडिबीका अनुसार ती परियोजनाका लागि कुल […]


नेपाली उद्योगमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक, सुरक्षामा देखाए चासो

चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताएका छन् । बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशी र झाङ माओबीच उद्योग मन्त्रालयमा भएको भेटवार्तामा माओले लगानी गर्न इच्छुक रहेको बताएका हुन् । लगानीका लागि माओले लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा समेत राखेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]


राष्ट्रिय वाणिज्य बैंकको लगानी साढे १३ अर्ब 

राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाले गत आवको अन्त्यसम्ममा रु १३ अर्ब ५१ करोड २६ लाख २५ हजार ऋण लगानी गरेका छन् । ती शाखाले सो अवधिमा रु ८८ करोड ९७ लाख २० हजार नाफा गरेको कार्यालयका उपप्रबन्धक हितकाजी गुरुङले जानकारी दिए । पोखराको अमरसिंह चोकमा रहेको बैंकको शाखाले सबैभन्दा बढी रु १३ करोड […]


धितोपत्र बोर्डको नयाँ व्यवस्था : मर्चेन्ट बैंकमा पनि सर्वसाधारणको लगानी 

मर्चेन्ट बैंकहरुमा पनि सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू गर्ने भएको छ । बोर्डले मर्चेन्ट बैंकलाई पनि अनिवार्य सार्वजनिक निष्काशन (आईपीओ) गराउने तयारी थालेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएका मर्चेन्ट बैंकलाई साधारण सेयर निष्कासश गर्न निर्देशकसमेत दिन सक्ने अधिकारलाई प्रयोग गर्दै बोर्डले अनिवार्य आईपीओ निष्काशन गर्न लगाउने तयारी गरेको हो […]


विदेशमा लगानी गरेर राष्ट्र बैंकले कमायो १९ अर्ब ६२ करोड

नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकमा लगानी गरेर गत १९ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । राष्ट्र बैंकले नेपालमा विभिन्न क्षेत्र (पर्यटन, व्यापार, विदेशी लगानी, रेमिटेन्स) बाट भित्रिएर सञ्चित हुन आएको रकम विभिन्न देशको सरकारी बन्ड, आवधिक निक्षेप, ट्रेजरी बिल्स र सुनमा लगानी गरी व्याजवापत उक्त आम्दानी गरेको हो । राष्ट्र बैंकले विदेशमा गरेको […]


अब नेपालको पानीमा जनताकै लगानी : हेर्नुस् उर्जामन्त्रीका एक दर्जन प्रस्ताव

उर्जामन्त्री जनार्दन शर्माले विद्युत संकट समाधानको ३७ बुंदे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ आफ्नो अल्प र दिर्घकालीन योजना सार्वजनिक गरेका गरेका हुन् । मन्त्री शर्माले नेपाल बिद्युत प्राधिकरणका आयोजनाहरुबाट आठ सय ५० मेगावाट, निजी प्रबद्र्धकहरुबाट ४०० मेगावाट, सौर्य उर्जा लगायतका स्रोतहरुबाट २०० मेगावाट […]


नेपालका चार बीमा कम्पनीमा ५६ करोडभन्दा बढी विदेशी लगानी

नेपालको बीमा क्षेत्रमा विदेशी कम्पनीहरुले उल्लेख्य मात्रामा लगानी गरेका छन् । बीमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित देखिएका हुन् । नेपालमा सञ्चालित सञ्चालित बीमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी रहेको छ । भारत, श्रीलंका, जर्मन तथा अमेरिकी कम्पनीले नेपाली बिमा कम्पनीहरूमा लगानी गरेका छन् […]


बैंक तथा फाइनान्स कम्पनीलाई लगानी गर्ने अवसर : निक्षेप सुरक्षण निगमले माग्यो प्रस्ताव

निक्षेप तथा कर्जा सुरक्षण निगमले २० करोड रुपैयाँ निक्षेप लगानीका लागि प्रस्ताव माग गरेको छ । निगमले भदौ ३० गतेभित्र आवेदन दिने गरी रकम लगानीको प्रस्ताव माग गरेको हो । रकम लगानीका लागि छुट्याइएको कुल लगानीमध्ये २८ वटा वाणिज्य बैंकका लागि १८ करोड रुपैयाँ छुट्याईएको छ भने विकास बैंकहरुका लागि एक करोड र फाइनान्स कम्पनीहरुश्रका […]


साना उद्योगमा बैंकिङ लगानी बढेसँगै यसरी उर्लियो उद्योग दर्ता गराउनेको भीड

सिरहामा सीपमूलक तालिम लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा गएर मेहनत गर्नुभन्दा स्वदेशमै सीप सिकेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेका एक हजार ८०० महिला तथा पुरुषले आव २०७२/७३ मा विभिन्न सीपमूलक तालिम लिएपछि घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका हुन् ।  बैंक तथा वित्तीय संस्थाले घरेलु तथा […]


चौध बैंकहरुको लगानीमा ५४ मेगावाटका दुई जलविद्युत् आयोजना बन्दै

नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ । सोमबार आयोजित कार्यक्रममा दुवै आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको हो । सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्छ्रे बैंकको नेतृत्वमा सम्झौता भएको हो । माछापुच्छ्रे सहित राष्ट्रिय वाणिज्य बैंक, […]