सात महिनामा पौने २३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

बैंकिङ खबर/ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो । सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको […]


आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

बैंकिङ खबर/ सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। सरकारले लिएको लक्ष्यभन्दा २.९ प्रतिशत कम आर्थिक वृद्धि हुने प्रतिवेदन आइएमएफले सोमबार सार्वजनिक गरेको हो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ मिसन चिफ टिडिएन किन्डाले आर्थिक […]


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : मुद्रास्फीतिमा परेको दबाब कम हुन थाल्यो

बैंकिङ खबर/चालु आर्थिक वर्षको ६ महिनासम्म मुद्रास्फीतिमा परेको दबाब अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा चालु आर्थिक्कवर्षको पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । यसैगरी पुसमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न […]


अर्धवार्षिक समीक्षा: सरकारले २ खर्ब बजेट घटायो (पूर्णपाठ)

बैंकिङ खबर/ सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई […]


नेपालमा २०.२७ प्रतिशत नेपाली अझै गरिब

बैंकिङ खबर/राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको विवरण सार्वजनिक गरेको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको कार्यालयको भनाइ छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार राजधानीमा सावजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७८र८०) अनुसार सहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च […]


‘बजेट वाच’ को अर्धवार्षिक समीक्षा: बजेट कार्यान्वयनमा प्रगति

बैंकिङ खबर/ गत आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनाको दाँजोमा चालु आव २०८०/८१ को पहिलो ६ महिनामा बजेट कार्यान्वयन प्रक्रियाले गति लिएको पाइएको छ । नेपाल उद्योग परिसंघले आर्थिक पत्रकार समाज (सेजन) र पायोनियर ल फर्मसँगको सहकार्यमा गर्दै आएको ‘बजेट वाच’ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो । गत वर्ष ६ महिना अवधिमा […]


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश

बैंकिङ खबर/सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ । सोमवारबाट शुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन । त्यस अवसरमा उनले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त […]


आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रिबजेटको विषय यही संसद् अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत र साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने […]


६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालको वैदेशिक व्यापार

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालले वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार गरेको देखाएको हो । नेपालले विश्वका डेढ सयभन्दा बढी देशसँग वैदेशिक व्यापार गर्दा उच्च व्यापारघाटा व्यहोर्दै आएको छ । निर्यातको हिस्सा कम र आयात उच्च […]


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बैंकिङ खबर/पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ […]