बजेट निर्माणः अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन […]


नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा

बैंकिङ खबर/ नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ । कतारी राजाको दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको हो । कतारका […]


अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

बैंकिङ खबर/अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई बनाउने निर्णय गरेको हो। मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए। त्यही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पेमेन्ट गेटवे खरिद […]


आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

बैंकिङ खबर/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मङ्गलबार बिहानदेखि कायम हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो। भारतबाट पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र […]


नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत, महँगी साढे ६ प्रतिशत : एडीबी

बैंकिङ खबर/एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। दक्षिण एसियाका ८ देशमध्ये धेरै आर्थिक वृद्धि हुनेमा नेपाल पाँचौँ स्थानमा रहेको एडीबीले जनाएको छ। बिहीबार एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपण गरेको हो। आगामी आर्थिक वर्षमा वृद्धिदर अझ बढेर ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको […]


सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयोः अध्यक्ष ढकाल

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन्। उनले अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख भएको धारणा राखे। बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०८० को […]


विप्रषेण आप्रवाह २१ प्रतिशतले बढ्दै ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा […]


बढ्यो पेट्रोलको मूल्य

बैंकिङ खबर/ पेट्रोलको मूल्य बढेको छ। नेपाल आयल निगमले सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा […]


यस्ता छन् सरकारका न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प(पूर्णपाठसहित)

बैंकिङ खबर/ सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा […]


७ महिनाको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ

बैंकिङ खबर/ नेपालले चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ खुद व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको माल वस्तु आयात गरेको नेपालले सोही समयमा यताबाट मुस्किलले ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात गर्न सकेको हो । यद्यपि, आयात र […]