टर्कीको विदेशी सञ्चितिमा व्यापक कमी, एक हप्तामा ४.८ अर्ब डलरले घट्यो सञ्चिति

बैंकिङ खबर/ टर्कीको विदेशी सञ्चिति एक हप्तामा ४.८ अर्ब डलरले घटेको छ । सन् २०२२ मा मात्रै टर्कीको मुद्रा लिरा गत वर्षको तुलनामा १६ प्रतिशत भन्दा बढी घटेपछि, मुद्रालाई थप अवमूल्यन हुन नदिन टर्कीको केन्द्रीय बैंकले विदेशी सञ्चिति चलायमान गराएको थियो । यसैकारण टर्कीको विदेशी सञ्चितिमा व्यापक कमी आएको पाइएको छ । लण्डनस्थित टिडि सेक्युरिटिजका […]


विश्वभर फैलियो मुद्रास्फीतिको त्रास !

बैंकिङ खबर/ विश्वभरमा महंगी आकाशिएको छ। प्रायः सबै देशहरुमा महंगीले पुराना सबै रेकर्ड तोडेर नयाँ किर्तिमान स्थापित गरेको छ। अर्कातर्फ भने यसको नियन्त्रणका लागि सबै कोशिसहरु असफल भइरहेका छन्।  अमेरिकामा महंगी सन् १९८२ पछिको सबैभन्दा उच्चस्तरमा पुगेको छ भने तथ्यांक अनुसार यस वर्ष भारतमा महंगी १२ वर्ष यताकै सबैभन्दा धेरै रहेको छ। यस्तो अवस्थामा पाँच […]


श्रीलंकाले विश्व बैंकबाट पायो १६ करोड डलर, समस्या समाधान होला ?

बैंकिङ खबर/ चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाले विश्व बैंकबाट १६ करोड डलर पाएको छ । अत्यावश्यक वस्तुको आयातका लागि चाहिने भुक्तानी पूर्तिका लागि सेतु वित्तपोषणअन्तर्गत सो रकम सहायता पाएको बुधबार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमेसिंघेले बताएका हुन् । सो कोषलाई इन्धन आयातमा प्रयोग गर्न सकिन्छ कि भनेर आफूहरुले काम गरिरहेको संसदमा बोल्ने क्रममा उनले बताएका छन् […]


झन् मजबुद हुँदै डलर, हालसम्मकै उच्च मूल्य

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेको छ । यसअघि गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा डलर विक्री भएको थियो । गत साता चैत २८ गते हालसम्मकै उच्च मुल्यमा डलर खरिद विक्री भएको थियो । सो दिन १ […]


खुम्चिँदै भारतको अर्थतन्त्र, थोक मुद्रास्फीति सूचांक १७ वर्ष यताकै उच्च

बैंकिङ खबर/ गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकापछि भारत पनि आर्थिक संकटको दिशातिर गइरहेको संकेत देखिन्छ । भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार भू–राजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित […]


अमेरिकामा ४० वर्ष यताकै बढी महंगी, व्याजदर बढ्ने संकेत !

बैंकिङ खबर/ अमेरिकामा पछिल्लो केहि दिनयता अत्याधिक महंगी बढेको छ । गोल्डम्यान स्याक्सका सीनियर चेयरमेन लार्यड ब्लैंकफिनले उक्त विषयलाई लिएर सतर्क गराएका छन्। उनले भनेका छन्, ‘अमेरिकामा मन्दीको खतरा छ । यदि मैले कुनै ठूलो कम्पनी चलाइरहेको छु भने म आर्थिक मन्दीको लागि तयारी अवस्थामा रहने छु । यदि म आम उपभोक्ता हुँ भने पनि […]


बेलायतमा मुद्रास्फीति: कर्मचारीलाई तलबको सट्टा सुन !

एजेन्सी । बेलायतमा पछिल्लो समय मुद्रास्फीति थप चुतौतिपूर्ण बन्दै गएको छ । लण्डनस्थित एक कम्पनीले आफ्ना कर्मचारीमा भएको मुद्रास्फीतिको प्रभावलाई कम गर्न एउटा अनौठो उपाय अवलम्बन गरेको छ । कम्पनीले अब आफ्ना कर्मचारीलाई नगदको सट्टा सुनमा तलब दिने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार वित्तीय सेवा प्रदायक कम्पनी TallyMoney ले अब आफ्ना कर्मचारीहरूलाई तलबको सट्टामा […]


१४ हजारसम्म पुगेको क्रिप्टोकरेन्सी लुनाको मूल्य शून्यमा झर्‍याे !

बैंकिङ खबर/ युएसडी टेरा अन्तर्गत एक क्रिप्टोकरेन्सीको मूल्य घटेर लगभग शून्यमा झरेको छ । लुना नाम दिइएको यो क्रिप्टोकरेन्सीलाई तुलनात्मक रूपमा स्थिर क्रिप्टोको रूपमा लिइँदै आइएको थियो । बल्क चेनमा आधारित क्रिप्टोकरेन्सीहरू एक किसिमको अभौतिक मुद्रा हो । कुनै पनि मुलुकको केन्द्रीय बैंकहरूबाट नियमन नहुने यस्तो मुद्रा कप्युटरको माध्यमबाट माइनिङ (बनाइन्छ) गरिन्छ । क्रिप्टोकरेन्सीहरू बिटकोइन […]


जापानको मुद्रास्फीति दर २ प्रतिशत आँकलन

बैंकिङ खबर/ जापानको केन्द्रीय बैंकले मुद्रास्फीति दर २ प्रतिशत आँकलन गरेको छ । बढ्दै गएको इन्धन तथा खाद्यान्नको मूल्यका कारण मुद्रास्फीति दर २ प्रतिशत भन्दा माथि जाने उपभोक्ता मुद्रास्फीति सूचांकले जनाएको छ । यसैगरी विश्वव्यापी रुपमा अरु देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरिरहँदा जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिकका कारण पनि जापानमा मुद्रास्फीति दर बढ्दै गएको […]


बिटकोइनको मूल्य घट्दो क्रममा !

बैंकिङ खबर/ पछिल्लो समय बिटकोइनको मूल्य घट्ना थालेको छ ।  कोइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जका अनुसार सप्ताहन्तमा गिरावट जारी रहँदै यसको मूल्य ३४ हजार डलरभन्दा तल झरेको छ । बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्य गत वर्ष नोभेम्बरमा आफ्नो उच्च स्तरबाट ५० प्रतिशतले घटेको क्रिप्टोकरेन्सी एक्सचेन्जले जनाएको छ । हालैका दिनहरूमा विश्वभरका स्टक बजारहरु पनि […]