‘पैसा माग्न जानुअघि सहकारीको वास्तविकता बुझौं’

बैंकिङ खबर/सहकारी विभागले बचतकर्तालाई डर र अविश्वास बोकेर पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउन आग्रह गरेको छ । विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरे । सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न […]


सञ्चालकले कानूनी छिद्र खोजेर लापरबाही गर्दा सहकारीका बचतकर्ता डुबेः विभाग

बैंकिङ खबर/सहकारी संघ संस्थाका केही सञ्चालकले गम्भीर लापरबाही, गल्ती, कमजोरी गरेका कारण संस्था समस्याग्रस्त बन्दै गएको सहकारी विभागले जनाएको छ । पछिल्लो समय समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी ऐन तथा नियमावलीका कानूनी छिद्र पहिल्याउँदै त्यसैको उपयोग गर्दै आफ्ना निहीत स्वार्थ पूर्तिका लागि सहकारीको उपयोग गरेको विभागको ठहर छ । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘देशव्यापी […]


पशुपति सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस

बैंकिङ खबर/सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा सिफारिस गरेको छ। उक्त सहकारी वित्तीय संकटमा परेपछि सहकारी विभागले सहकारी ऐन, २०७४ अनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सिफारिस गरेको हो। सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम कुनै सहकारी संस्थाले सदस्यहरुको हितविपरीत हुने कुनै कार्य गरेमा, संस्थाले गर्नुपर्ने वित्तीय दायित्व पूरा […]


सहकारीले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्नुपर्छः रजिस्ट्रार घिमिरे

बैंकिङ खबर/सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरेका छन् । सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उनले आग्रह गरेका हुन् । सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे […]


आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । जेठ ३ गते देखि १० गते सम्म तिन चरणमा आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत १३५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद […]


थप १० सहकारी कालोसूचीमा

बैंकिङ खबर/जेठ महिनाको दोस्रो साता नबित्दै १० सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि […]


ऋण चुक्ता गर्न ७० सहकारीलाई स्वरोजगार कोषको ३५ दिने सूचना

बैंकिङ खबर/ युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई सूचित गरेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कोषले कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा […]


सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न दुई वर्षको समय माग

बैंकिङ खबर/ राष्ट्रिय सहकारी महासंघले समस्यामा रहेका सहकारी सञ्चालन गर्न सरकारलाई दबाब दिन सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्म बस्ने विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । महासंघको सहकारी समस्या समाधान कार्यदलले पत्रकार सम्मेलन गर्दै दुई वर्षको समय र १० अर्ब सहुलियत ऋणसहित माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आफूहरुले उठाएको माग पुरा नभएसम्म सहकारी […]


सहकारी संस्थालाई जोगाउन भन्दै महासंघले माग्यो १० अर्ब रुपैयाँ सहुलियत कर्जा

बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघले समस्यामा रहेका सहकारी सञ्चालन गर्न सरकारलाई दबाब दिन सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्म बस्ने विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सोमबार महासंघको सहकारी समस्या समाधान कार्यदलले पत्रकार सम्मेलन गर्दै दुई वर्षको समय र १० अर्ब सहुलियत ऋणसहित माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आफूहरुले उठाएको माग पुरा नभएसम्म सहकारी […]


सहकारी ठगी आरोपमा मुछिएका ढोरपाटनका मेयरलाई विदेश जान रोक

बैंकिङ खबर/बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ७ जनालाई अध्यागमन विभागले विदेश जान रोक लगाएको छ। मेयर नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी ठगी गरेको पाइएपछि अध्यागमन विभागले मेयर नेपालीसहितलाई कालो सूचीमा राखेको हो। नेपालीसहित सहकारीका अन्य पदाधिकारी फरार हुन सक्ने भन्दै उनीहरुलाई विदेश जान रोक लगाउने गरी कालोसूचीमा […]