सुनचाँदीमा बैंकहरुको लगानी सवा २८ अर्ब बढी

रोयल आचार्य (डीपी) । सुनचाँदी धितो राखेर अहिले अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आएका छन् । पहिले सरकारी नेपाल बैंक, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले मात्र यस्तो कर्जा दिने गरेको थिए । बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाले निजी क्षेत्रका बैंक पनि यसमा लागेका छन् । सस्तो ब्याजदर र सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा […]


आफ्नो क्षमता अनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न बाटो खुल्यो 

नेपाली जनताले आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न पाउने भएका छन् । नेपाल सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेपछि आफ्नो क्षमताअनुसार जलविद्युत्मा लगानी गर्न बाटो खुलेको हो । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका […]


स्वदेशी लगानीमै बन्ने भयो काठमाडौँ–तराई द्रुतमार्ग, अध्ययन समिति गठन गर्दै योजना आयोग

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ । व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रिय गौरवको बहुआयामिक महत्वको द्रुतमार्ग लामो समयसम्म अल्झिने र […]


वैदेशिक लगानी भित्र्याउन सरकारले ल्यायो यस्तो योजना

सरकारले आगामी फागुनमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखसँग बिहीवार  मन्त्रालयमा भएको छलफल कार्यक्रममा उद्योग क्षेत्रमा नीतिगत सुधार गर्न र प्रक्रियागत ढिलासुस्तीलाई समेत कम गर्न एकद्वार प्रणालीको विकास गर्न थालिएको जानकारी दिए । उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार […]


नेपालका गाउँघरमा भारतीय नागरिक : थोरै लगानीबाट यसरी बन्दैछन् मालामाल

भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आएका छन् । झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउछन् […]


राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानी गर्ने अवसर

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो […]


ग्लोबल आईएमईसहित ५ बैंकले अप्पर बलेफी “ए” मा ऋण लगानी गर्ने    

ग्लोबल आइएमई बैंक लि. तथा अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रा.लि.वीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । जम्मा लागत ६.०८ अर्व रहेको उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्व रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोवल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस.वि.आई बैंक […]


घरजग्गामा बैंकको लगानी साढे २ खर्ब बढी, ‘छोइसक्नु भएन’ भाउ

 काठमाडौँ उपत्यकामा अहिले घरजग्गाको भाउ छोइसक्नु छैन । उपत्यका बाहिरका कतिपय स्थानमा पनि घरजग्गाको भाउ सुन्दा ‘तीन छक्क’ परिन्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएकाले घरजग्गाको भाउ यसरी आकासिएको हो । भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो । […]


जलविद्युत्मा लगानी बढ्ने संकेत : अष्ट्रियाको आन्द्रिज हाइड्रो नेपाल आउँदै

जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुईरतीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय […]


नेपालगञ्जका होटलमा लगानीको वर्षा : चार वर्षमा थपियो एक अर्ब

विगत चार वर्षको अवधिमा नेपालगञ्जका होटल व्यवसायमा लगानी बढेको छ । मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब एक अर्ब रुपैयाँ लगानी थप भएको छ । शान्ति सुरक्षामा आएको […]