नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने

बैंकिङ खबर । नेपाल हाईड्रो इलेक्ट्रिक लिमिटेडको १४ औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीले साधारण सभा रुपन्देही जिल्लाको बुटवलस्थित क्लव डेनोभो होटलमा दिउँसो १२ः३० बजे साधारण सभा आयोजना हुने बताएको छ । कात्तिक १६ गते साधारण सभा बोलाएकोमा गणपुरक संख्या नपुगेकाले साधारण सभा हुन नसकेको पनि कम्पनीले बताएको छ […]


कृषिमा लगानी गर्न किन रुचाउँदैनन् बैंक ?

बैंकिङ खबर । उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । चालू आर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा नेपालका वाणिज्य बैंकले ९.६ […]


उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी बढ्दै

बैंकिङ खबर । उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा ९.६ प्रतिशतले बढेको छ । त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशत, निर्माण क्षेत्रतर्फ ९.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ८.९ प्रतिशत […]


१४ परियोजनाका लगानीकर्ताको सूचि तयार

बैंकिङ खबर । लगानी बोर्डले १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूचि तयार गरेको छ । गत वर्षको चैत्रमा आयोजना गरिएको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका विभिन्न १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकिएको हो । बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारेको […]


माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा हालसम्मकै ठूलो विदेशी लगानी

बैंकिङ खबर । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा विभिन्न नौ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा आयोजनाका प्रवद्र्धकसँग दातृ निकायहरुले द्धिपक्षीय सम्झौता गरेका हुन् । कसको कति लगानी ? नौ निकायहरुले यस आयोजनामा कुल […]


बैंकिङ लगानी घट्यो : घरजग्गा कारोबारमा मन्दी

बैंकिङ खबर । बैंकहरुले लगानी गर्न छोडेपछि घरजग्गा कारोबारमा मन्दी लागेको छ । अनुत्पादक क्षेत्रमा बैंकको लगानी घटाएर उत्पादनशील क्षेत्रतर्फ बढाउन राष्ट्र बैंकले थुप्रै कदम चालेको छ । कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा प्रतिशत नै तोकेर अनिवार्य लगानी गर्ने निर्देशन बैंकहरुलाई दिइएको छ । त्यस्तै, विपन्न वर्ग कर्जा भनेर पनि छुट्याइएको छ । यस नीतिका […]


चीनको लगानी : कुनकुन क्षेत्रमा ? नेपालमा कति छ ?

बैंकिङ खबर । नेपालमा छिमेकी मुलुक चीनको लगानी लगातार बढ्दो क्रममा रहेको छ । विदेशी लगानी अन्तर्गत उद्योग विभागमा दर्ता भएका कुल ७० उद्योगमध्ये ६३ ओटा उद्योग चीनका छन्, जसमा नौ अर्ब ४९ करोड रुपैयाँको लगानी प्रतिवद्धता छ । असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरूले कुल एक खर्ब चार अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता गरेका छन् […]


चार करोड लगानीमा वातावरणमैत्री उद्योग सञ्चालन

पोसकान्त पोखरेल । तिलोत्तमा नगरपालिका–१४ बनकट्टी रुपन्देहीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै नन् ओभन ब्याग (गैर बुनेको झोला) तयार गर्ने उद्योग सञ्चालनमा आएको हो । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणिय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको […]


३२ मेगावाटको जलविद्युत् आयोजनाबाट इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो लगानी

बैंकिङ खबर । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात गरेको छ । कास्की जिल्लाको माछापूच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट बैंकले आफ्नो लगानी सुरु गरेको हो । बैंकले सुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन […]


बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/०७५ को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । गत वर्ष औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ थियो । यो वर्ष पनि यस्तो कर्जामा उच्च […]