वित्तीय परिसूचक सर्वोत्कृष्ट रहेको एनआइसी एसिया बैंकको दाबी

बैंकिङ खबर/ मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकमध्ये उत्कृष्टमा पर्न सफल भएकोमा एनआइसी एसिया बैंकले आभार प्रकट गरेको छ। बैंकले सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिएका ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको हो। […]


महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ‘ए’ वर्गमा पर्न सफल भएको छ।  धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको […]


मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ

बैंकिङ खबर/ मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ […]


एनआईसी एसिया भन्छ, ‘बैंकका मुख्य सूचकांकहरू उत्कृष्ट छन्’

बैंकिङ खबर/एनआईसी एसिया बैंकले आफ्ना मुख्य सूचकांकहरू उत्कृष्ट रहेको जनाएको छ। केही सञ्चारमाध्यममा पछिल्लो समय आएका कर्जा असुली तथा सम्पत्तिको गुणस्तरबारेका समाचारको खण्डन गर्दै बैंकले मुख्य सूचकांकहरु उत्कृष्ट रहेको दाबी गरेको हो। ‘सञ्चालन मुनाफा, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतमा वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमध्येमा सदैव पर्दै आएको छ’, बैंकले भनेको छ, ‘र […]


माछापुच्छ्रे बैंकद्वारा क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ । ती मल्टिमिडिया प्रोजेक्टर क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूले पढाइ र […]


कामना सेवा र सार्वजनिक खरिद अनुगमनबीच बैंक जमानत सम्बन्धी सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता भएको छ । बैंक र कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश […]


१ अर्बको म्युचुअल फन्ड ल्याउँदै गरिमा क्यापिटल

बैंकिङ खबर/ गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ। यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ। यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ। गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित […]


कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

बैंकिङ खबर/एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ । बैंकले आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पदै आएको दाबी गरेको हो । बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति […]


महालक्ष्मी विकास बैंकद्वारा आकर्षक ब्याजदरमा कर्जा अफर

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा […]


एनआईसी एसियाले भन्यो,’कर्जा जोखिम भारको दरलाई तोडमोड गरेका छैनौँ’

बैंकिङ खबर/एनआईसी एसिया बैंकले बैंकबारेका पछिल्ला केही समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले घर कर्जाको वासलबमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भनी आएका समाचारको खण्डन गरेको हो। ‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५मा उल्लिखित रिस्क वेट क्लासिफिकेसनसम्बन्धी […]