स्ट्यान्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हाे। बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ। बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी तीन दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल […]


कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचन चयन

बैंकिङ खबर। प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन्। अन्य प्रतिनिधि भने चुनावबाट चयन भएका थिए। पारिवारिक पृष्ठभूमि कांग्रेस भएकोले यसैमार्फत सशक्त ढंगले राजनीतिमा लाग्ने भट्टचनले बताए । ‘२०४८ सालदेखि नै म कांग्रेसको सदस्य हुँ, मेरो उपस्थिति कांग्रेसलाई […]


नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

  बैंकिङ खबर। नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो रु. १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने […]


ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

बैंकिङ खबर। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ। डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक […]


सिटिजन्स बैंकद्वारा प्रिभिलेज बैकिङ सेवा सुरू

  बैंकिङ खबर। सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकका लागि कमलादीमा प्रिभिलेज सेवा सुरू गरेको छ। यस अघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको थियो। अब उपरान्त ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा सुरु गरिएको […]


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो २९ मंसिरमा साधारणसभा

बैंकिङ खबर। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अ‍ैँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। अन्य […]


नेपाल एसबीआई बैंकद्वारा लाभांश घोषणा

बैंकिङ खबर। नेपाल एसबीआई बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको […]


सिटिजन्स बैंकद्वारा दाङकाे बंगलाचुलीमा शाखारहित बैंकिङ सेवा सुरू

बैंकिङ खबर। सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सुरू भएको छ। बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट ८६ ओैं शाखारहित बैंकिङ सेवा सुरू गरेको हो। उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकले स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ। यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको […]


राष्ट्रिय वाणिज्य बैंकमा जागिर खान आवेदन दिनेकाे संख्या सवा लाख बढी

बैंकिङ खबर। राष्ट्रिय वाणिज्य बैंकले गत कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका ८३६ कर्मचारीका लागि आवेदन आह्वान गरेकाे मा मंसिर ५ गतेसम्म १ लाख २२ हजारले आवेदन दिएका छन्। बैंकका अनुसार दोब्बर दस्तुरमा फाराम भर्नेको संख्या ३ हजार नाघेकाे छ। बैंकले दिएकाे समयसीमा मंसिर ५ गतेसम्म सिंगल दस्तुर र मंसिर १२ गतेसम्म भने दोब्बर दस्तुर तिरेर […]


सानिमा बैंकद्वारा दीर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

बैंकिङ खबर। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान […]