बैंक जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

बैंकिङ खबर/ पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै बैंक वित्तका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँमा पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ । नेपाल […]


यो साता के-के भयो बैंकिङ क्षेत्रमा ?, बैंकिङ खबरहरुको साप्ताहिक ‘हाइलाइट्स’

बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैंक वित्तीय क्षेत्रमा यो साता कोरोना संक्रमणले सताएकाे छ । राष्ट्र बैंकको निर्देशन जारी, आरोप प्रत्यारोप, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ :– […]


महालक्ष्मी विकास बैँकको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड […]


नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्रबीच सहकार्य

बैंकिङ खबर/ महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा […]


कृषि विकास बैंकको नाफा १.४२ अर्ब, ईपीएसमा पनि सुधार

बैंकिङ खबर/ कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद […]


प्रभू बैंकको खराब कर्जा सुधारमा आकर्षक प्रगति

बैंकिङ खबर/प्रभू बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २६ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ५१ करोड बढी नाफा आर्जन गरेको थियो । समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा प्रभू बैंकको १ अर्ब ८६ […]


कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्न कृषि विकास बैंकलाई अर्थमन्त्रीको निर्देशन

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंक लि.ले स्थापना कालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् । कृषि विकास बैंक लि.को ५५ औँ वार्षिक उत्सव समारोहको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाल सरकारले अगाडि सारेकाे लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य […]


माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य सुधार

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा यो अवधिमा बैंकको नाफा २५.९१ प्रतिशतले बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ […]


एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा २ अर्ब ४० करोड

बैंकिङ खबर/ मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को दोस्रो […]


सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुरमा

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै राजापुर बजार, राजापुर नगरपालिका वडा नं.४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै […]