नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क २५ अर्ब नजिक

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ३५.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनबीमा कमिशनबाट […]


जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द हुने

बैंकिङ खबर । उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, […]


बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी

बैंकिङ खबर । बीमा समितिले ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको छ । बीमा कम्पनीको संस्थापक शेयर कारोबारका लागि सामान्य निर्देशन मात्रै रहेको अवस्थामा समितिले निर्देशिका ल्याएको हो । निर्देशिकामा बीमा कम्पनीहरुको संस्थापक शेयर कारोबारका लागि रहदै आएका निर्देशन तथा नियमलाई स्पष्ट पारिएको समितिले जनाएको छ । निर्देशिकामा एक संस्थापकले अर्को संस्थापकलाई […]


कोरोनाका कारण जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

बैंकिङ खबर/जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८ वैशाख २४ गते बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, […]


नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापना भई कम्पनीले बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । ‘देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा […]


नेशनल लाइफको सीईओमा सुरेश खत्रीको नाम प्रस्ताव

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटो भन्दा छिटो प्रमुख […]


यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

बैंकिङ खबर/यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा उपासना पौडेल नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो । यससँगै उहाँ बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल हुनुभएको छ । साथै, अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा […]


बीमा समितिद्वारा एकतिहाइ कर्मचारी परिचालनको निर्देशन, डिजिटल सेवामा फोकस

बैंकिङ खबर/ बीमा समितिले निषेधाज्ञाको समयमा कम कर्मचारी परिचालन गर्न निर्देशन दिएको छ । उसले ७ बुँदे निर्देशन जारी गरेको छ । समितिले कम्पनीहरुलाई एक तिहाइ कर्मचारी मार्फत सेवा प्रवाह गर्न भनेको छ । त्यसैगरी सकेसम्म विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा नविकरण गर्ने व्यवस्था मिलाउन भनेको छ । समितिले एक तिहाई कर्मचारीबाट आलोपाले सेवा संचालन […]


जीवन बीमा कम्पनीलाई ५ वर्षे योजना पेश गर्न बीमा समितिको निर्देशन

बैंकिङ खबर/बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई १५ दिनभित्र ५ वर्षे योजना पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक २०८१/८२ को बीमाङ्की मूल्याङ्कन प्रतिवेदनमा फ्युचर बोनस रिजर्भ घोषित नयाँ बोनसदरमा कायम गर्नका लागि ५ वर्ष योजना तयार गरी पेश गर्न निर्देशन दिएको हो । समितिले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन पनि यथासिघ्र पेश […]


बीमा समितिद्वारा पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग

बैंकिङ खबर/बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको छ । समितिले सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन मागेको हो । पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको हो […]