आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकासमा जोड

व्यापारघाटा न्यूनीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले उद्यमशीलता विकासमा जोड दिएको छ। सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरेर उद्यमशीलता विकास गर्ने सरकारको योजना छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी श्रम, सीप, स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गरी स्थानीयस्तरमै साना तथा लघु उद्योग स्थापना गर्ने नीति लिएको छ। मन्त्रालयले करिब एक दशकदेखि […]


स्रोत नखुलेको शंकास्पद लगानी गर्न रोक

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गर्ने भएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई दोस्रो बजारमा आउनबाट रोक्ने अर्थात शंकास्पद लगानी रोक्ने उद्देश्यले यो म्यानुअल लागू गरिएको हो । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धीकरण (मनी […]


कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

 महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ। सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो।   लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा […]


घट्यो विदेशी लगानी

गत आर्थिक वर्षमा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुमै घटेको हो चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३.३ प्रतिशत कम हो । अघिल्लो वर्षको साउनमा यस्तो लगानी १ अर्ब ४४ करोड रुपैयाँ थियो । गत […]


चलायमान हुँदै अर्थतन्त्र

राजस्व सङ्कलन लयमा  कोभिड सङ्क्रमणका कारण निकै कमजोर बनेको राजस्व सङ्कलन र परिचालनको अवस्थामा पछिल्लो समय सुधार आएको छ । कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै गएपछि बढेको आर्थिक गतिविधिका कारण राजस्व सङ्कलन सामान्य लयमा फर्किएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजयता दैनिक दुई अर्ब नजिक राजस्व सङ्कलन हुँदै आएको छ । […]


सातामा नेप्से परिसूचक ९ दशमलव ७७ अंकले बढ्यो, कारोबार रकम भने ७३ करोडभन्दा बढीले घट्यो

यो साताको कारोबारमा नेप्से परिसूचक ९ दशमलव ७७ अंक बढेको छ । पाँच ओटा कारोबार दिनमा शुरुको दिन र अन्तिम दिन बढेको बजार १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा पुगेको हो ।  गत साताको अन्तिम कारोबार दिन बजार १ हजार ५६१ दशमलव २७ विन्दुमा थियो । यो साता पहिलो दिन ४ दशमलव २९ अंकले […]


कर्जा–लगानी बढ्दै

बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै अर्थतन्त्र चलायमान हुन थालेको छ । चाडबाडको रौनकले पनि यसमा साथ दिएको छ । दशैँको पूर्वसन्ध्यामा बजारमा बढ्न थालेको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको बताउनुहुन्छ । कर्जाको […]


पूँजी संरचना मिलाउन लघुवित्त कम्पनीले शुरु गरे एफपीओ निष्कासन गर्ने तयारी

केहि लघुवित्त कम्पनीहरुले चुक्तापूँजी पुर्‍याउन एफपीओ (थप साधारण शेयर) निष्कासन गर्ने भएका छन् । यसैक्रममा तीन ओटा लघुवित्त कम्पनीहरु आरम्भ चौतारी लघुवित्त, समाज लघुवित्त र एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत चार ओटा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी नगरेका कम्पनीसँग मर्जमा जाने सम्झौता गरेसँगै एफपीओ निष्कासन गर्ने भएका हुन् […]


विकास बैङ्क ८६ बाट १९, मर्जर अब बाध्यकारी छैन

नेपाल राष्ट्र बैङ्कले मर्जरलाई प्रोत्साहन गरेसँगै दबाब पनि बढाउँदै लगेयता विकास बैङ्कहरू धमाधम प्राप्ति र मर्जर प्रक्रियामा सहभागी हुँदा झन्डै तीन गुणा विकास बैङ्कहरूले आफ्नो असितत्व गुमाएका छन् । धेरै विकास बैङ्क वाणिज्य बैङ्कसँग प्राप्ति प्रक्रियामा सामेल भएका छन् भने विकास बैङ्क र विकास बैङ्क पनि मर्ज भएर गाभिएका छन् । यसो गर्दा विकास बैङ्क […]


कोरोना महामारीमा पनि एडीबीका आयोजना संचालन

 कोरोनाको महामारीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजना सुरक्षित सञ्चालन भइरहेका छन्।  कोभिडको जोखिम व्यवस्थापनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको एडीबीले जनाएको छ।  बैंकले शतप्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाइएको जनाएको छ। एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन […]