बैंकमा ब्याजदर घटेकाले पैसा सहकारीमा गएको आशंका

कोभिड–१९ को जोखिमबाट बच्न गत चैतदेखि सरकारले लकडाउन गरेपछि सर्वसाधारणमा नगद पैसा आफूसँगै राख्ने प्रवृत्ति बढेको देखिएको छ । लकडाउनका बेला हिँडडुलमा समस्या भएको, प्रायः बैंक तथा वित्तीय संस्था बन्द रहेकोलगायत कारण नागरिकले आफूसँगै नगद राख्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् ।  अहिले कोभिड संक्रमण दर घट्दै गएको छ । तर नागरिकसमक्ष नगद रूपमा रहेको पैसा वित्तीय प्रणालीमा फर्किसकेको


क्यूआर कोडमार्फत हुने कारोबार ९१ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ । ठूला कारोबारका लागि आरटीजीएस, आईपीएस


कृषिमा बैंकको लगानी ११ प्रतिशत

वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा


आयातले बढायो कर्जा, तरलतामा दबाबको संकेत

पछिल्ला महिनामा आयात बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा देखिन थालेको छ । जसकारण निक्षेप अपेक्षित रूपमा बढ्न सकेको छैन भने कर्जा विस्तार उच्च छ । यसको प्रमुख कारण बढ्दो आयातसँगै पछिल्ला आर्थिक गतिविधिहरू नै रहेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार गत साता वाणिज्य बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले बढेर ३७ खर्ब


‘मौद्रिक नीतिका व्यवस्थाले राहत’

मौद्रिक नीतिमा आएका व्यवस्थाले कोभिड–१९ ले शिथिल बनाएको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत भएको निजी क्षेत्रले बताएका छन् । पछिल्लो समय थपिएका व्यवस्था कार्यान्वयनमा आए उद्योग व्यवसाय सञ्चालनमा थप सहज हुने नेपाल उद्योग परिसंघले जनाएको छ । ‘अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको परिसंघले बुझेको छ,’ परिसंघले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको


२५ हजार महिला उद्यमीलाई सहुलियत कर्जा

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या २५ हजारभन्दा बढी पुगेको छ । गत असारको तुलनामा यो करिब चार गुणा बढी हो । राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत पुससम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो यो  । सरकारले ब्याज अनुदान दिने


सेवा शुल्क तोक्न पाउनुपर्ने बैंकहरूको माग

राष्ट्र बैंकले आउँदो साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै छ । समीक्षाका लागि बैंकर्स संघले सुझाव दिने क्रममा सेवा शुल्कलगायत दर्जनभन्दा बढी माग राष्ट्र बैंकसमक्ष राखेको छ । ‘बैंकहरूले लिने सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क, नवीकरण शुल्कलगायत विभिन्न प्रकारका शुल्कबारे तथा ब्याजदर अन्तर बजारलाई नै तोक्न दिए बैंकहरू नवीन काम गर्न प्रोत्साहन भई यसको


सहकारीमा जोखिम झनै बढ्यो

सहकारीको दर्ता, प्रवद्र्धन तथा नियमनको अधिकार स्थानीय तहसम्मलाई हस्तान्तरण गरेपछि सहकारीमा विकृती बढ्दै गएको छ । प्रदेश तथा स्थानीय सरकारले प्रभावकारी अनुगमन तथा नियमन गर्न नसक्दा सहकारीमा ठगीका घटना बढ्न थालेका हुन् । संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारभित्र राखिएको छ । जसअनुसार एक स्थानीय तहभित्र कार्यक्षेत्र रहेका सहकारीको दर्ता तथा नियमन


बिमा शुल्क संकलन २५ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिमा कम्पनी (जीवन र निर्जीवन) ले कुल ३६ अर्ब ६१ करोड रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिमा शुल्क संकलन २५.६७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस्तो बिमा शुल्क २९ अर्ब १३ करोड रुपैयाँ थियो ।


धेरै पुनर्कर्जा होटलमा

लघु घरेलु तथा साना उद्यममा २३ अर्ब ६२ करोड, विशेषमा ८ अर्ब ६ करोड र साधारण पुनर्कर्जामा १८ अर्ब ३७ करोड प्रवाह  सहुलियत ब्याजदरको पुनर्कर्जा सबैभन्दा धेरै प्राप्त गर्नेमा कोभिड–१९ बाट बढी प्रभावित होटल र पर्यटन क्षेत्र अघि देखिएका छन् । ग्राहक ऋणीअन्तर्गत राष्ट्र बैंकमार्फत प्रवाह हुने उक्त कर्जामा ती क्षेत्रले सबैभन्दा धेरै कर्जा प्राप्त गरेको


अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

 विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ । मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन


साढे ३ प्रतिशत घट्यो बैंकको नाफा

गत पुसमा २७ वाणिज्य बैंकको नाफा ३१ अर्ब रुपैयाँ  कोभिड–१९ को असर कम भएसँगै बैंकहरूको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा पुसमा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ । आर्थिक गतिविधि बढेकाले बैंकहरूको कर्जा प्रवाह बढेको, ब्याज उठ्न थालेको र कर्जा असुली पनि भएकाले नाफा सुध्रिँदै गएको बैंकरहरू बताउँछन् । बैंकहरूले


वित्तीय क्षेत्रमा समस्या देखिए ठूलो असर अर्थतन्त्रमा पर्ने जोखिम

वित्तीय प्रणालीमा रहेको कुल निक्षेपले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उच्च भएको विश्लेषण गरेका छन् ।वित्तीय क्षेत्रको वृद्धि राम्रो भए पनि अर्थतन्त्रको वृद्धिदरभन्दा उच्च रहेकाले जोखिमको सम्भावना पनि उत्तिकै रहेको उनीहरूले औंल्याएका छन् । यस्तो अवस्थामा नीति निर्माताले संयमित रूपमा नीति निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाव


निर्जीवन बीमा ९.९० प्रतिशतले बढ्यो

जीवन बीमाको तुलनामा निर्जीवन बीमा व्यवसायको विस्तार अन्त्यन्त न्यून देखिएको छ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) मा जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको छ । बैंक तथा अन्य वित्तीय क्षेत्रको विस्तार पनि राम्रो छ । तर, निर्जीवन बीमा व्यवसायको विस्तार भने तिनको दाँजोमा कम देखिएको छ । चालू आवको पहिलो ६


तीन जनालाई मात्र व्यावसायिक निरन्तरता कर्जा

दुई महिनामा एक जनालाई २८ लाख र बाँकी दुई व्यवसायीलाई १ करोड १९ लाख रूपैयाँ कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसाय निरन्तरताका लागि ल्याइएको ५ प्रतिशत ब्याजदरको कर्जा तीन जनाले मात्र पाएका छन् । कार्यविधि जारी भएको दुई महिनामा तीन जना व्यवसायीले करिब साढे १ करोड रुपैयाँ कर्जा सुविधा लिएको राष्ट्र