‘वित्तीय चेतनाबिना सम्भव छैन समृद्धि’

माधव निर्दोष मिडिया इन्टरनेसनलका अध्यक्ष एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक हुन् । नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन तथा बैंकर्स संघ, विकास बैंकर्स संघ र माइक्रोफाइनान्स बैंकर्स संघको सहकार्यमा गत वर्षदेखि मिडिया इन्टरनेसनलले देशव्यापी रुपमा वित्तीय जागरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । मुलुकमा वित्तीय साक्षरताको कमीका कारण पनि बैंकिङ पहुँचमा नागरिक पुग्न नसकेको सन्दर्भलाई […]


‘बैंकिङ क्षेत्रमा स्वर्णिम युग भित्रिँदैछ’

नेपालको जेठो बैंक नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका कृष्णराज लामिछाने बैंकिङ क्षेत्रमा धेरै लामो अनुभव भएका बैंकर मानिन्छन् । हालै महालक्ष्मी विकास बैंकमा सीईओको कार्यभार सम्हालेका लामिछानेले सबै कोणबाट महालक्ष्मीलाई नेपालको नम्बर वान विकास बैंकको रुपमा स्थापित गराउने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिएका छन् । महालक्ष्मी फाइनान्स, मालिका विकास, सिद्धार्थ फाइनान्स मिलेर बनेको महालक्ष्मी […]


‘ऐन मिचेका सहकारीलाई कारबाही हुन्छ’

नेपालमा हाल ३४ हजारभन्दा बढी सहकारी संस्थाहरु संचालनमा छन् । संख्यात्मक रुपले वृद्धि भएपनि गुणात्मक रुपले सहकारी संस्थाहरुको खासै विकास हुन सकेको पाइँदैन । यसै कारण नियमनकारी निकाय समेत कमजोर देखिएको छ । यद्यपि, सहकारीलाई मुलुकको अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका भएको क्षेत्र मानिन्छ । यसै बीच, सहकारी संस्थाहरुको वर्तमान अवस्था, समस्या तथा समाधानका […]


‘अब सेयर बजार बढ्छ’

नेपालीहरुको महान पर्व बडा दशैंको बिदापछि खुलेको पहिलो दिन हरियाली छाएको सेयर बजार दोस्रो दिन नै ओरालो झरेको थियो । नेपाली राजनीतिमा एकाएक तरंग आएपछि त्यसको प्रभाव नेपालको पूँजी बजारमा समेत परेको सेयर बिश्लेषकहरुको भनाई छ । बाम एकताको चर्चासँगै ओरालो लागेको सेयर बजारमा तत्काल नकरात्मक प्रभाव पारेपनि वाम एकता भए राजनीतिक स्थिरता आउने र […]


यसरी अघि बढ्दैछ ‘पूर्वाधार विकास बैंक’

लामो समय सम्म बहसको बिषय बनेको पूर्वाधार विकास बैंक अन्ततः सञ्चालनमा आउने भएको छ । नेपालमा पूर्वाधार विकास गर्नका लागि पूर्वाधार विकास बैंकको स्थापना गर्नुपर्छ भन्ने लामो बहस पछि नेपाल सरकार पनि सकारात्मक देखिएको थियो । सरकारले चालु आर्थिक बर्षको बजेटमा नै पूर्वाधार विकास बैंक स्थापना गर्ने कुरालाई समेटेको थियो भने मुलुकको केन्द्रीय बैंक नेपाल […]


बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव

ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले वि.सं. २०६४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई स्याङ्जा जिल्लाबाट ३ जिल्ले विकास बैंकको रुपमा बैंकिङ कारोबार शुरु गरेको गरिमा विकास बैंक अहिले एक अब्बल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित भइसकेको छ । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकको चुक्ता पूँजी अहिले दुई […]


दशैँको बेला बैंकिङ क्षेत्रका लागि विशेष सुरक्षा परिचालन हुन्छ

नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार तथा छठ पर्व नजिकिँदै छ । यो समयमा सर्वसाधारणले धेरै नगदको कारोबार गर्छन् । किनमेल, भिडभाड, अस्तव्यस्तता यही बेलामा बढी हुने गर्छ । यो बेला किनमेलका लागि धेरै नागरिकले बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेका हुन्छन् । चाडबाडका बेला बैंक तथा वित्तीय संस्थामा दशैँमा चाहिने नयाँ नोट तथा दशँै […]


‘सम्पत्ती र दायित्वको ब्यवस्थापन बैंकको मुख्य चुनौती’

भुपेन्द्र पाण्डे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । २०६२ माघ देखि राष्ट्रिय वाणिज्य बैंकमा बरिष्ठ प्रवन्धक पदबाट सेवा आरम्भ गरेका चार्टड एकाउन्टेण्ट पाण्डेले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत बैंकमा बिदेशी ब्यवस्थापन रहँदैदेखि कार्य गर्दै आएका छन् । यस बीचमा उनले बैंकका धेरै महत्वपूर्ण विभागहरुमा विभागीय प्रमुख हुँदै नायब महाप्रबन्धकको जिम्मेवारी समेत […]


फाइनान्सको संख्या १०/१२ वटामा खुम्चिन सक्छ

केहि समय अघिसम्म समस्याग्रस्त सूचिमा रहेको अरुण फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले समस्याग्रस्त फाइनान्सहरुको सूचीबाट हटाईसकेको छ । समस्याग्रस्त फाइनान्स कम्पनीको सूचिबाट हटेसँगै यस कम्पनीले आफ्नो वित्तीय अवस्था सुधार गर्दै लगेको छ । हाल यस बैंकको प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे छन् । पाण्डे फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा करिब दुई महिनाअघि मात्रै नियुक्त भएका हुन् […]


उत्पादनशील क्षेत्रमा विकास बैंकको लगानी धेरै छ

संजीव प्रधान सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एशोसियसनका कार्य समिति सदस्य हुन् । सिन्धु विकास बैंक ३ जिल्ला कार्य क्षेत्र भएको विकास बैंक हो । यस बैंकले प्रदेश नम्बर ३ का काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा बैंकिङ सेवा दिइरहेको छ । आर्थिक बर्ष २०७४/७५ को बजेटमा सबै स्थानीय तहमा वाणिज्य बैंकको […]