September 12th, 2021

नेपाल फाईनान्सको २८ साधारणसभा सम्पन्न

बैंकिङ खबर l नेपाल फाईनान्स लिमिटेडको २८ औं वार्षिक साधारणसभा सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट कान्तिपथस्थित काठमाडौंमा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान (राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएका प्राध्यापक हिरेन्द्र मान प्रधान –अध्यक्ष), चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

साधारणसभाले साधारण प्रस्तावहरुको साथसाथै बिशेष प्रस्ताव अन्तर्गत संंस्थाको नेपाल राष्ट्र बैंकले “ग” बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम संस्थाको २०–२७ औं बार्षिक साधारण सभाबाट पारित भएको १ः१.७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई परिमार्जन गरी १ः०.७० का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त हकप्रद शेयर जारी पश्चात् संस्थाको चुक्ता पूजीं रु.८३,८९,४३,७५२.५० पुग्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तब्य राख्नु भएको थियो । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगति विवरणको बारेमा प्रकाश पार्नुभएको थियो भने सभाको संचालन कम्पनी सचिव बिष्णुप्रसाद गौतमले गर्नुभएको थियो ।

सभामा विभिन्न शेयरधनी महानुभावहरुले जिज्ञासा, सुझाव, शुभकामना र धन्यबाद दिँदै समस्याग्रस्त अवस्थामा गुज्रेको संस्थाले समस्याग्रस्त अवस्थाबाट मुक्त भएको छोटो समयमा नै अन्य संस्थालाई प्राप्ति गर्न सक्ने हैसियतमा कार्य गर्न सफल भएकोमा संचालक एवं ब्यवस्थापनलाई धन्यबाद दिनुभयो ।

आगामी दिनमा खराब कर्जा असूलीलाई चुस्त बनाई नयाँ ब्यवसाय गरी लगानीकर्तालाई मुनाफा दिने गरी कार्य गर्नको लागि शुभकामना तथा सुभेच्छा प्रदान गर्नुभएको थियो । सभामा शेयरधनी महानुभावले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवं सभाका सभापति प्रा. हिरेन्द्रमान प्रधान तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गर्नुभएको थियो ।

२०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको छ । यहाँसम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरुका साथै कडा कठिनाईको चुनौतिहरुलाई सामना गर्दै अघि वढिरहेको नेपाल फाइनान्स अवका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । यस संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठीको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको जनाएको छ ।

संस्थाको प्रगति तथा सम्वृद्धिका लागि गरेका क्रियाकलापहरुमा समय–समयमा प्राप्त राय सुझावहरुलाई आत्मसाथ गर्दै यस संस्थासंग संवद्ध नियमनकारी निकायहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि एस एण्ड क्लियरिङ लि. शेयर रजिष्ट्रार, सम्पूर्ण सञ्चार जगत, अन्य संघ संस्थाहरु तथा विषेश गरी ग्राहकवर्ग प्रति हार्दिक आभार समेत व्यक्त गरिएको थियो ।

संस्थाले आफ्ना ग्राहकवर्गको हितलाई संरक्षण गरी विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको प्रगतिमा कार्यरत रहने आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]