August 9th, 2021

बर्नार्ड अरनाल्ट : कसरी बने सन्सारका सबैभन्दा धनी ? (जीवनीसहित)

बर्नार्ड अरनाल्ट अमेजनका संस्थापक जेफ बेजोसलाइ पछि पार्दै संसारको सबैभन्दा धनी व्यक्ति बन्न्न सफल भएका छन् । फोब्र्स रियल टाइम अरबपतिहरुको सूची अनुसार उनको कुल सम्पति १९८९० करोड डलरमा आइपुगेको छ । अर्नाल्टले यसअघि पनि डिसेम्बर २०१९, जनवरी २०२० र मे २०२१ मा विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पाइसकेकाछन् । नयाँ रेकर्ड अनुसार अमेजनका संस्थापक बेजोसको सम्पति १९४९० करोड डलर रहेको छ भने तेस्रो स्थानमा रहेका एलन मस्कको सम्पति १८५.५ अरब डलर रहेको छ ।


७२ वर्षिय बर्नार्ड अरनाल्टले संसारलाई लक्जरी फेसनमा अघि बढाए र फेसनको सम्राज्य खडा गरे । अरनाल्टको बीए रूपमा परिचित कम्पनीका मालिक सबैभन्दा धनी बनेका छन् ।

को हुन् बर्नार्ड अरनाल्ट ?
बर्नार्ड अरनाल्टलाई आधुनिक लक्जरी फेसन उद्योग को गडफादर मानिन्छ । उनी संसारको सबैभन्दा ठूलो फेसन ग्रुपको सबैभन्दा ठूलो शेयरहोल्डर, फाउन्डर हुन् । फोब्र्सका अनुसार बर्नार्ड अरनाल्टले बिगत एक वर्षमा १०० अर्ब डलर कमाए । अर्थात, उनले प्रत्येक सेकेन्डमा २.३ लाख रुपैयाँ कमाए ।

बर्नार्ड अरनाल्टको शुरुवाती जीवन कस्तो थियो ?
बर्नार्ड अरनाल्टको जन्म ५ मार्च १९४९ मा प्रान्सको रुबेक्समा भएको हो । उनकी आमा मेरीलाई फेसनकोे शौखिन थिइन् र बुबा एक निर्माण कम्पनी चलाउनुहुन्थ्यो । १९७१ मा पोलिटेक्निक गरेपछि अरनाल्ट आफ्नो बुबाको कम्पनीमा काम गर्न थाले ।

लक्जरी फेसन को विचार कसरी आयो ?
१९८० को दशकमा बर्नार्ड अरनाल्ट न्यूयोर्क गए । क्याबमा यात्रा गर्दै, उनले ड्राइभरलाई डी गलको बारेमा सोधेका थिए । चालकले आफूलाई थाहा नभएको बताए । डी गल त्यसबेला फ्रान्सका राष्ट्रपति थिए । यस पछि बर्नार्डले डियोरको बारेमा चालक लाई सोधे, चालकले तत्काल यो एक फेसन ब्रान्ड भएको बतायो । त्यो बेला एक विचार बर्नार्डको दिमागमा क्लिक भयो, जुन आज एक प्रख्यात लक्जरी फेसन साम्राज्यका रुपमा बदलिएको छ ।

कसरी बन्यो फेसन सम्राज्य ?
१९८५ मा फ्रान्सेली सरकारले एक कम्पनी लिलामी गर्दै थियो । बर्नार्डले यसलाई किने र ९ हजार कर्मचारीलाई निकालेका थिए । यसपछि उनको धेरै आलोचना समेत भयो । यसपछि उनले डियोर ब्रान्ड र एक डिपार्टमेन्टल स्टोर बाहेक कम्पनीको सबै सम्पत्ति बेचे । बर्नार्डले फेसनमा मात्र ध्यान केन्द्रित गरे र १९८७ सम्म कम्पनी दोब्बर नाफामा गयो । १९८८ मा उनले विता ग्रुपको केही शेयर किने । एक वर्ष उक्त कम्पनीको ४३ प्रतिशत शेयरमा उनले अधिकार भयो । १३ जनवरी १९८९ मा उनीे निर्विरोध उक्त कम्पनीको अध्यक्षको रूपमा निर्वाचित भए । उनले आफ्नो व्यापारको विस्तार र ब्रान्डहरु प्राप्त गर्न थाले । उनको नेटवर्थ बिगत १० बर्षमा करीब ५ सय प्रतिशतले बढेको छ ।

(एजेन्सीहरुको सहयोगमा)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]