July 6th, 2021

नेपाल फाइनान्सको विस्तारित काउण्टरको शुभारम्भ


बैंकिङ खबर/काठमाडौं महानगरपालिका वडा नं.२८, कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले का.म.न.पा. वडा नं. २७, कान्तिपथ स्थित ग्राण्डीसिटी अस्पताल परिसरमा विस्तारित काउण्टरको शुभारम्भ गरेको छ । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक दिप्रश शाक्यले गर्नुभएको थियो ।
निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रीय कार्यालय सहितललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटमा, कास्कीको माछापुच्छ«े गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ भने जनकपुरको धनुषाधाममा यही आसारभित्रै शाखा संचाल नगर्ने र काठमाडौंको कालिमाटीमा दोश्रो विस्तारित काउण्टर संचालनको तयारीमा रहेको जनाएको छ ।
संस्थाले ललितपुर फाईनान्सलाई प्राप्ति (एक्विजिशन) गरी यही २०७८ आषाढ २७ गते एकिकृत वित्तीय कारोबार गर्ने निर्णय गरिसकेको छ । सो पश्तात् विभिन्न १३ स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने डिजिटल बैंकिंग एटिएम कार्ड संचालनको लागि समेत सम्पूर्ण तयारी पुरा गरिसकेको, आगामी बर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरुमा १० वटासम्म शाखाहरु संचालनमा ल्याउने गरी प्रकृया अगाडीबढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]