June 11th, 2021

सिभिल बैंकको सिइओमा सुनिल पोखरेल नियुक्त


बैंकिङ खबर/सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिले असार १८ गतेदेखि लागू हुने गरी चार वर्षका लागि पोखरेललाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।
उहाँ केही समयदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेलले वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाउनुभएको थियो ।
पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गर्नुभएका पोखरेल अनुभवी बैंकर हुनुहन्छ । उहाँले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा १९ वर्ष, त्यसपछि एनआइसी एसियामा करिब ५ वर्ष, नबिल बैंकमा एक वर्ष, म्यानमारस्थित युनाइटेड अमरा बैंकमा डेढ वर्ष र म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष काम गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]