June 10th, 2021

नापी कार्यालयमा बुझाउने राजश्व अब बैंकमै बुझाउन सकिने !

 

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले नापी कार्यालयको राजश्व संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले पनि मालपोत कार्यालयको राजश्व संकलन गर्न पाउने निर्णय गरेको हो ।

बैंकहरुले आफु नजिक रहेको नापी कार्यालयको सिफारिस लिई सो कार्यालयको समेत राजश्व संकलनका गर्न स्वीकति माग गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

‘यस बैंकको निर्णय बमोजिम सरकारी कारोबार गर्न इजाजात प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले मालपोत कार्यालयको राजश्व संकलन गर्न यस बैंक समक्ष निवेदन पेश गर्दा उक्त कार्यालय नजिक रहेको नापी कार्यालयको सिफारिस लिई सो कार्यालयको समेत राजश्व संकलन गर्न स्वीकृति माग गर्न अनुरोध गरिन्छ’ राष्ट्र बैंककाे परिपत्रमा भनिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]