February 22nd, 2021

नेपाल फाइनान्स शाखा विस्तारमा जुट्यो, रुपन्देहीे मुर्गीयामा नयाँ शाखा शुभारम्भ

काठमाडौ महानगर पालिका वडा नं.२८ मा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो चौथो शाखा कार्यालय रुपन्देहि जिल्लाको सैनामैना न.पा.को मुर्गिया बजारमा शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ संस्थाका संचालक दिप्रश शाक्यले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।
त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ भने १ ः१.७५ का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरीसकेको छ ।
त्यसैगरी यस संस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका, बर्दाघाट सुस्तापूर्वको गैडाकोट, जनकपुरको धनुषाधाम, हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आ.ब.मा संचालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]