August 8th, 2016

विद्युतबाट जाग्यो आशा : ‘बैंकिङ लगानी १ खर्ब नजिक’

investmentपछिल्ला वर्षहरुमा उर्जा क्षेत्रमा लगानी बढाईरहेका बाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ मा यो क्षेत्रमा साढे ८२ अर्ब करोड रुपैयाँ लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार विभिन्न २६ वटा बणिज्य बैंकहरुले झण्डै ५० वटा निर्माणाधीन जलविद्युत आयोजनामा गत असारसम्म ८२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका हुन् ।

केन्द्रीय बैंकले जलविद्युतमा बाणिज्य बैंकहरुले निश्चित लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गरेपछि यो क्षेत्रमा बैंकिङ लगानी बढिरहेको हो । अघिल्लो मौद्रिक नीतिमा कम्तिमा १२ प्रतिशत लगानी कृषि र उर्जामा प्रवाह गर्नुपर्ने व्यवस्था लागु गरेको राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमा त्यो बढाएर १५ प्रतिशत पुर्याएको छ । यद्यपी राष्ट्र बैंकले ताकेजति प्रतिशत भने बैंकहरुले पुर्याउन सकेका छैनन् । यो पटक ल्याइएको मौद्रिक नीतिमार्फत कम्तिमा १५ प्रतिशत लगानी जलविद्युत र कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था लागु गर्न राष्ट्र बैंकले निर्देशन भने दिइसकेको छैन । 

राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार गत असारसम्म स्ट्यान्डर्ड चाटर्ड बैंक र कृषि विकास बैंकले जलविद्युतमा लगानी गरको देखिदैन । गत असारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा तथा सापटी १३ खर्ब ५७ अर्ब रहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । त्यसमध्ये जलविद्युत् क्षेत्रको कर्जा प्रवाह ८२ अर्ब ५० करोड ५४ रुपैयाँ छ । जुन कुल कर्जाको करिब ६ दशमलव ०८ प्रतिशत हो । सोही अवधिमा कृषिमा बैंकहरूको लगानी ४ दशमलव ७ प्रतिशत छ । यी दुवै क्षेत्रको लगानी जोडदा १० दशमलव ७८ प्रतिशत हुन आउँछ । यो रकम राष्ट्र बैंकको निर्देशनभन्दा करिब १ प्रतिशतले कम हो ।
 
laganiजलविद्युतमा बढी लगानी गर्ने वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंक र नबिल बैंक अग्रस्थानमा छन् । गत असारसम्म जलविद्युत् आयोजनामा यी बैंकको लगानी करिब ८/८ अर्ब रुपैयाँ छ । यस्तै एनएमबी बैंकको करिब ६ अर्ब ५२ करोड, एभरेस्टको ५ अर्ब ९७ करोड, नेपाल इन्भेस्टमेन्टको ५ अर्ब ३९ करोड रुपैयाँ लगानी जलविद्युत् आयोजनामा छ । यसैगरी यो क्षेत्रमा सबैभन्दा कम लगानी तत्कालीन लुम्बीनी र सिद्धार्थ बैंकको छ । लुम्बीनीको ५२ करोड र सिद्धार्थको ५४ करोड लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । यो क्षेत्रमा अधिकांश बैंकको लगानी राष्ट्र बैंकको सीमाभन्दा कम छ । तर, लगानी प्रतिबद्धता समेतलाई जोडदा आवश्यक न्यूनतम सीमा पूरा भएको बैंकहरूले दाबी गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]