November 9th, 2020

एउटा गरिव केटो ! कसरी बन्यो “बिल गेट्स“

“यदि तपाई गरिब परिवारमा जन्मनुभएको छ भने, त्यो तपाईको गल्ती होईन,
तर यदि तपाई गरीबी परिवारमा मर्नुभयो भने, यो तपाईको गल्ती हो “

यस कथन भन्ने व्यक्तिको नाम हो “बिल गेट्स“, जसले आफ्नो कडा परिश्रम र समर्पणको बलमा विश्वमा यो स्थान प्राप्त गरेका छन् । बिल गेट्सको पूरा नाम “विलियम हेनरी गेट्स“ हो, उनको जन्म २८ अक्टोबर १९५५ मा अमेरिकाको वाशिंगटनको “सिएटल“ भन्ने ठाउँमा भएको थियो । उनका बुबा प्रख्यात वकिल थिए र उनकी आमा फस्र्ट इन्टरस्टेट बैंक र युनाइटेड बैंकका निर्देशकहरूमध्ये एक थिइन् । बिल गेट्स आफ्नो बुबा जस्तै वकिल बन्न चाहन्थे, आफ्नो सपना साकार गर्नका लागि, बिल गेट्सले प्रारम्भिक शिक्षा लक्सरेड स्कूलमा गरे, बाल्यकालदेखि नै उनलाई कम्प्युटरमा रुचि थियो र १३ वर्षको उमेरमै उनले आफ्नो पहिलो कम्प्युटर प्रोग्राम “टिक–टेक–टू“ बनाएका थिए ।


गणितमा कक्षामा शिक्षकलाई गम्भीरतासाथ नलिने गेट्सलाई शिक्षकले ट्रक चालक बन्न सल्लाह दिएका थिए तर स्कूल कलेजको परम्परागत वातावरणबाट दिक्क भएका गेट्स केही ठूलो कुरा गर्ने सोचमा थिए ।
उनलाई स्कूलको समयमा कम्प्युटरको अत्याधिक प्रयोगका गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो र प्रयोगशालामा समेत जानबाट रोकियो । त्यसपछि बिल गेट्सले आफ्नो साथी पलसँगै स्कूलमा सफ्टवेयर प्रोग्राम बनाए । त्यस पछि, उसको हौसला अझै बढ्यो र १५ वर्षको उमेरमा उनले ट्राफिक प्याटर्नका लागि प्रोग्राम बनाए । जसको लागि उनलाई २०००० डलर प्रदान गरीयो । यो उनको पहिलो कमाई थियो ।


हार्वर्ड विश्वविद्यालयमा प्रवेश लिन स्नातक गरे त्यसपश्चात अध्ययन छोडेर आफ्नो कम्पनीमा ध्यान केन्द्रित गरे, त्यसपछि २६ नोभेम्बर १९७६ “माइक्रोसफ्ट“ आफ्नो अस्तित्वमा ल्याए र कम्प्युटर जगतमा सर्वोच्च नै बने । बिल गेट्सले उनका बच्चाहरूलाई राम्रो शिक्षा दिएर आफै कमाउन सुझाव दिएका छन् र उनीहरूलाई आफ्नो सम्पत्ति नदिने घोषणा गरेका छन् ।


यति ठुलो सफलताहरूको बाबजुद उनले केही असफलताहरू पनि पाएका छन् । उनी आफ्नो शिक्षा पूरा गर्न असफल रहे त्यस्तै, उनले बनाएका केहि प्रोग्रामहरू कामको शुरुवाती चरणहरूमा सफल थिएनन् । तर जीवनका सबै पक्षहरुमा सफल बिल गेट्सले सामाजिक उत्थानका लागि सँधै वकालत गर्दै आएका छन् । यसका लागि सन् २००० मा बिल गेट्सले आफ्नी श्रीमतीसँगै “बिल एन्ड मेलिंडा गेट्स फाउन्डेशन“ को जग बसाएका छन् ।


बिल गेट्स अमेरिकाको मात्र होइन, विश्वको सबैभन्दा ठूला बिजनेसम्यान कम्प्युटर प्रोग्रामर माइक्रोसफ्टका सह–संस्थापक हुन् । माइक्रोसफ्ट विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो । १९७५ देखि बिल गेट्सले यस कम्पनीमा जहिले पनि अलग अलग स्थानमा रहेर काम गरेका छन् । उनी यस कम्पनीमा अध्यक्ष, सीईओ, चीफ सफ्टवेयर आर्किटेक्ट भइसकेका छन् । १९८७ देखि उनको नाम विश्वले जारी गरेको धनीको सूचीमा आइरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]