February 13th, 2020

अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । २७ वटा वाणिज्य बैंकमध्ये, १४ वटाको खराब कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बढेको छ । पुस मसान्तसम्ममा सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको छ भने सबैभन्दा कम एभरेष्ट बैंकको छ ।

कुनकुनको बढ्यो खराब कर्जा ?
राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४.७७ प्रतिशत खराब कर्जा रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.४० प्रतिशत रहेको थियो । सेञ्चुरी कमर्सियल बैंकको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर १.६७ प्रतिशत पुगेको छ भने मेगा बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट बढेर १.४९ प्रतिशत पुगेको छ । नविल बैंकको खराब कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । एनएमबि बैंकको खराब कर्जा ०.७६ प्रतिशतबाट बढेर १.७६ प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा २.०४ प्रतिशतबाट बढेर २.९० प्रतिशत पुगेको छ भने नेपाल बंगलादेश बैंकको खराब कर्जा १.७८ प्रतिशतबाट बढेर १.९२ प्रतिशत पुगेको छ ।

त्यस्तै, हिमालयन बैंकको खराब कर्जा १.२५ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ । माछापूच्छ्रे बैंकको खराब कर्जा ०.४४ प्रतिशतबाट बढेर ०.४५ प्रतिशत पुगेको छ । सानिमा बैंकको खराब कर्जा ०.२४ प्रतिशतबाट बढेर ०.४१ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको खराब कर्जा ०.३० प्रतिशतबाट बढेर ०.४६ प्रतिशत पुगेको छ भने सनराइज बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.६९ प्रतिशत पुगेको छ ।

केहीले घटाए
केही बैंकले खराब कर्जा घटाएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.२० प्रतिशतबाट ०.१७ प्रतिशतमा झरेको छ । सिभिल बैंकको खराब कर्जा ३.५४ प्रतिशतबाट २.८९ प्रतिशतमा झरेको छ । बैंक अफ काठमाण्डूको खराब कर्जा २.०८ प्रतिशतबाट १.५४ प्रतिशतमा झरेको छ भने नेपाल एसबीआई बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट ०.१७ प्रतिशतमा झरेको छ ।
एनसीसी बैंकको खराब कर्जा ३.५३ प्रतिशतबाट २.८२ प्रतिशतमा झरेको छ भने कृषि विकास बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट ३.९१ प्रतिशतमा झरेको छ ।

त्यस्तै, कुमारी बैंकको खराब कर्जा १.२२ प्रतिशतबाट १.०४ प्रतिशतमा झरेको छ । प्राइम बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट १.४५ प्रतिशतमा झरेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट ०.१६ प्रतिशतमा झरेको छ, जुन वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो । नेपाल बैंकको खराब कर्जा २.७४ प्रतिशतबाट २.६६ प्रतिशतमा झरेको छ । लक्ष्मी बैंकको खराब कर्जा १.११ प्रतिशतबाट ०.८८ प्रतिशतमा झरेको छ । सिद्धार्थ बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]