February 10th, 2020

मिर्मिरे लघुवित्तका सदस्यहरुलाई अवलोकन भ्रमण

बैंकिङ खबर । मिर्मिरे लघुवित्त शाखा कार्यालय हात्तिसुडेका ६० जना सदस्यहरुले विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौत्तम बुद्घको जन्म स्थल लुम्बिनीको भ्रमण र चौधरी ग्रुपद्घारा निर्मित नबलपरासीको पर्यटकीय स्थल शास्वतधामको अबलोकन गर्नुका साथै शाखा कार्यालय दुम्कीबास को सदुपयोगीता अबलोकन भ्रमण गरेका छन् ।
भ्रमण बर्ष २०२० को अबसर पारेर सहभागीहरु लाई लक्षित भ्रमण स्थलको आसपास रहेका सफल लघु उद्यमी सदस्यहरुको परियोजना स्थलको भ्रमण गराई लघु उद्यम तर्फ आकर्शित गराई लघुवित्तको माध्यमद्धारा उद्यमशिलता, स्वरोजगारीपना एवं आत्मनिर्भरता तर्फ डोहोर्याउने मुख्य ध्येयले संस्थासँग आवद्ध आफ्ना लक्षित वर्गका सेवाग्राही सदस्यहरुलाई विभिन्न स्थलहरुको भ्रमण गराउने योजना अन्र्तगत कार्यक्रमको आयोजना भएको हो । भ्रमणका दौरान जिल्ला नबलपरासी शाखा कार्यालय दुम्कीबास अन्र्तगतकी सदस्य सिता देवि रानाभाटले सञ्चालन गरेको उन्नत जातको खसि, बाख्रा तथा गाई पालन फर्मको अबलोकन गराइएको थियो । फर्ममा ९ वटा जर्सी क्रस ब्रिडर जातका गाईहरु, ४३ वटा बोयर तथा स्थानीय नस्लका खसि, बाख्रा पालन रहेको छ । उनले अन्तरक्रियाको क्रममा मिर्मिरे दूम्कीबासबाट सत्तरी हजार कर्जा कारोबारबाट शुरु गरिएको बाख्रा पालन अहिले परिबारकै मुख्य आम्दनीको स्रोत भएको बताएकी थिइन । उनले उपस्थीत सम्पूर्ण सदस्यहरु लाई धेरै संस्थाबाट कर्जा कारोबार गर्दा उद्यम गर्न गाह्रो साथै आम्दानी गर्न गाह्रो हुने बताएकी थिइन । अबलोकनकै क्रममा केन्द्र नं १० का सदस्यहरुले फूल, खादा र अविर लगाई आफ्नो केन्द्रमा स्वागत गरेका थिए । भेटघाटकै क्रममा आफ्नो ठाउँमा अबलोकनको कार्यक्रम राखिदिएकोमा संस्थालाई धन्यबाद दिदैँ आउदा दिनमा अझै महिला दिदी बहिनीहरु लाई स्वागत गर्ने मैका दिन संस्थालाई आग्रह समेत गरेका थिए ।
भ्रमर्ण बर्ष सफल पार्न आयोजना गरिएको कार्यक्रम बाट महिला सदस्यहरुले नयाँ ठाउको अवलोकन साथै उद्यम गर्ने प्रेरणा मिर्मिरेका महिला सदस्यहरुले मिर्मिरेकै महिला सदस्यहरु बाट प्राप्त गर्ने विश्वासका साथ कार्यक्रमको आयोजना भएको फेनहरा ब्लक स्टेसन प्रमुख रमेश घिमिरेले बताए ।
दुइ दिने भ्रमण कार्यक्रमकै दौरानमा शाखा कार्यालय शिशैका कर्मचारीहरुले अबलोकनमा आएका सदस्यहरुसँग स्वागत अभिबादन समेत गरेका थिए ।
दुई दिने कार्यक्रमको समापनमा बोल्दै संस्थाका अधिकृत चेरनेटा ब्लक स्टेसन प्रमुख सुरेश खड्काले यस्ता कार्यक्रमले संस्था भित्रकै सदस्यहरु विच माया स्नेह बढ्ने साथै एकलाई पर्दा अर्काले सहयोग गर्ने बानिको बिकास हुने र समुहमा धेरै रमाइलो, खर्च मितव्ययी र सामुहिक भावनाको विकास हुने विश्वास व्यक्त गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]