February 9th, 2020

सूर्योदय र त्रिलोक लघुवित्त गाभिए, फागुन १० गतेदेखि एकीकृत कारोबार

बैंकिङ खबर । स्याङ्जाको सूर्योदय लघुवित्त र सुनवलको त्रिलोक लघुवित्त एकआपसमा गाभिएका छन् । फागुन १० गतेदेखि सूर्योदय लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

त्रिलोक र सूर्योदय एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव दुबै संस्थाको पुस ५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले माघ ८ गते स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत गाभिने संस्था त्रिलोक लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने संस्था सूर्योदय लघुवित्त वित्तीय संस्थाले सकार्ने/व्यहोर्ने गरी स्वीकृत प्राप्त भएपछि एकीकृत कारोबारबो मिति तय गरिएको हो ।

गाभिएपछि बन्ने लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.१ मा रहने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]