February 5th, 2020

एकआपसमा गाभिँदै नयाँ नेपाल र सारथी लघुवित्त

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एकआपसमा गाभिने भएका छन् । दुई संस्थाबीच एक बराबर एकको स्वास रेसियोमा गाभिने सम्झौता भएको छ । डिडिए प्रतिवेदन अनुसार स्वाप रेसियो परिवर्तन हुन सक्ने बताइएको छ ।

प्रारम्भिक सम्झौता अनुसार, मर्जरपछि बन्ने संस्थाको नाम सारथी नेपाल लघुवित्त रहनेछ । अध्यक्ष नयाँ नेपालबाट र सीईओ सारथीबाट हुने सम्झौता भएको छ । मर्जरपछि संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०ः३० कायम गरिने र त्यो अनुपात मिलाउन आवश्यक मात्रमा एफपिओ निष्काशन गर्ने सहमति पनि भएको छ ।

मर्जर सम्झौता भएसँगै नेप्सेमा नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आठ करोड १० लाख रुपैयाँ चुक्तापुँजी रहेको सारथीले २२ प्रतिशत हकप्रद दिँदैछ । त्यस्तै नयाँ नेपालको चुक्ता पुंजी १० करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]