January 19th, 2020

कामना सेवाकोे प्रदेश ५ मा एकै साथ २ वटा शाखा सञ्चालन

बैंकिङ खबर । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारगर्ने क्रममाप्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा एकैसाथ २ वटाशाखा कार्यालय स्थापना गरि समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६पुगेका छन् । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गर्नु भएको थियो ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गर्नु भएको थियो ।

काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु  ६० वटा ATM  मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]