January 9th, 2020

मेनेजमेन्ट स्टुडेन्टलाई ‘गोल्डेन अपरचुनिटी’ : मुक्तिनाथ विकास बैंकले माग्यो १३५ जना फ्रेस कर्मचारी

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि १३५ जना कर्मचारी मागेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको हो ।

बैंकले ट्रेनी असिस्टेन्ट पदमा ८० जना मागेको छ भने म्यानेजमेन्ट ट्रेनी २५ जना र असिस्टेन्ट टु सुपरभाइजर (स्मल एन्ड माइक्रो बैंकिङ) का लागि ३० जना कर्मचारी माग गरेको छ ।

ट्रेनी असिस्टेन्ट पदका लागि कम्तीमा पनि व्यवस्थापन संकायमा प्लस टु गरी २५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै म्यानेजमेन्ट ट्रेनीका लागि कम्तीमा व्यवस्थापन संकाय वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी ३० वर्ष ननाघेको र असिस्टेन्ट टु सुपरभाइजर पदका लागि व्यवस्थापन संकाय वा अर्थशास्त्रमा कम्तीमा प्लस टु गरी वा प्रमाणपत्र तह उत्तीर्ण गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले भर्खरै आवश्यक तहको पढाइ सकेका र स्थानीयलाई प्राथमिकता दिइने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई यही जनवरी २२ तारिखभित्र www.merojob.com/muktinathbank मा अनलाइन आवेदन दिन आह्वान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]