January 2nd, 2020

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । प्रवक्ता लक्ष्मी प्रपन्न निरौला राष्ट्र बैंकबाट अवकाश भएपछि नयाँ प्रवक्तामा डा. भट्टलाई नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]