November 26th, 2019

कैलाश विकास बैंकले १८.७७ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । कैलाश विकास बैंकले १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५।७६ को वितरण योग्य मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बैंकले ४० करोड ३३ लाख एक हजार सात सय ६० रुपैयाँ बराबरको बोनस शेयर र छ करोड ९८ लाख २१ हजार छ सय रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]