November 15th, 2019

थप नौ बैंकको रिपोर्ट : ३ को नाफा घट्यो, एनएमबिको छलाङ, अन्यको यस्तो छ अवस्था

बैंकिङ खबर । नौ वटा वाणिज्य बैंकले शुक्रबार चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये तीन वटाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड ४४ लाख २१ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड ४६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४२ करोड ३७ लाख ७६ हजार रुपैयाँ मात्रै रहेको छ ।

१२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख ३२ हजार रुपैयाँ राखेको छ । प्रथम त्रैमासमा बैंकले एक अर्ब ५२ करोड ७१ लाख ७५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ४.१७ प्रतिशतले बढी हो ।

त्यस्तै, बैंकको निक्षेप १.२७ प्रतिशतले बढेर एक खर्ब ५१ अर्ब २८ करोड ९२ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५.८४ प्रतिशतले बढेर एक खर्ब ३० अर्ब तीन करोड ५९ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

बैंकको सिसिडि रेसियो ७५.६२ प्रतिशत मात्रै रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ २५ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा, पुँजीकोष अनुपात १३.१७ प्रतिशत, खराब २.८४ प्रतिशत, आधार ब्याजदर ८.४८ प्रतिशत, कोषको लागत ६.३४ प्रतिशत र स्प्रेड रेट ४.३६ प्रतिशत रहेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले गत आर्थिक वर्षको तुलनामा ४८.०६ प्रतिशत वृद्धि गर्दै ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड पाँच लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५३ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

ओम डेभलपमेन्ट बैंकलाई गाभेर ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी पुर्याएको बैंकले जगेडा कोषमा चार अर्ब ६९ करोड ९९ लाख २६ हजार रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्षको तुलनामा २५.३४ प्रतिशतले बढेको छ । यो वर्ष बैंकले तीन महिनामा एक अर्ब २२ करोड ३६ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै बैंकको निक्षेप २४.५४ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब ९१ करोड २६ लाख ७३ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी २४.६७ प्रतिशतले बढेर एक खर्ब १० अर्ब ३१ करोड ३५ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तमा बैंकको सिसिडि रेसियो ७७.२७ प्रतिशत, वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४० पैसा, आधार ब्याजदर १०.३३ प्रतिशत र कोषको लागत ७.११ प्रतिशत रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा ६.८६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमसमा हिमालयनको नाफा ६४ करोड ९६ लाख ५८ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ८८ लाख ४१ हजार मात्रै रहेको छ ।

आठ अर्ब ५२ करोड दुई लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा पाँच अर्ब ७९ करोड ५० लाख ६० हजार रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी ०.४६ प्रतिशतले बढेर एक अर्ब ३१ करोड ८८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

बैंकले निक्षेपमा ५.५७ प्रतिशतले वृद्धि गर्दै एक खर्ब १५ अर्ब ४८ करोड तीन लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ५.४० प्रतिशत वृद्धि गर्दै ९७ अर्ब ७० करोड ६८ लाख एक हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको सिसिडि रेसियो ७४.९८ प्रतिशत मात्रै रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५९ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा, पुँजीकोष अनुपात १४.०८ प्रतिशत, खराब १.१६ प्रतिशत, आधार ब्याजदर ८.९३ प्रतिशत, कोषको लागत ६.४२ प्रतिशत र स्प्रेड रेट ५.३६ प्रतिशत रहेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले तीन महिनामा ४० करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ३३.३२ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ मात्रै रहेको छ ।

यस अवधिमा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । आठ अर्ब आठ करोड ८२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ । बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ भने आधारदर १०.२० प्रतिशतबाट झरेर ९.८७ प्रतिशत र कर्जा निक्षेप आम्दानी ७५.७३ प्रतिशत रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको भन्दा १४.२७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीको नाफा ३५ करोड १८ लाख तीन हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड ४८ लाख ८९ हजार रहेको छ ।

नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब २४ करोड १७ लाख ८० हजाररुपैयाँ राखेको छ । प्रथम त्रैमासमा बैंकले ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १२.३३ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ६.९७ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब ३० करोड २८ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ५.७९ प्रतिशतले वृद्धि गर्दै ७७ अर्ब २४ करोड ८४ लाख ७९ हजार पुर्याएको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा, सिसिडि रेसियो ७९.८० प्रतिशत, पुँजीकोष अनुपात ११.५७ प्रतिशत, खराब १.०५ प्रतिशत, आधार ब्याजदर १०.६८ प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत र स्प्रेड रेट ३.७५ प्रतिशत रहेको छ ।

बैंक अफ काठमाण्डू 
बैंक अफ काठमाण्डूले ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ०.८ प्रतिशतले घटेकोे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३८ करोड ६८ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड ७६ लाख २१ हजार रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.७ प्रतिशतले वृद्धि गर्दै ८५ अर्ब ७७ करोड ७७ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी २.८५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ४८ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।

आठ अर्ब छ करोड ३१ लाख एक हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा चार अर्ब ४४ करोड ७३ लाख सात हजार रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ९७ करोड ७३ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ११.३२ प्रतिशतले बढी हो ।

त्यस्तै, बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ चार पैसा, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा, सिसिडि रेसियो ७५.५९ प्रतिशत, पुँजीकोष अनुपात १४.२९ प्रतिशत, खराब १.७३ प्रतिशत, आधार ब्याजदर १०.०२ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत र स्प्रेड रेट ५.१७ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको तुलनामा १.१६ प्रतिशत मात्रै बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको नाफा ३८ करोड चार लाख रुपैयाँ थियो । बैंकसँग १५ करोड पाँच लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा पनि बैंकको प्रगति सुरुत छ । निक्षेप ७.१३ प्रतिशतले बढेर ९१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.३७ प्रतिशतले बढेर ८६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी आठ अर्ब ४५ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब २५ करोड रुपैयाँ राखेको छ । बैंकले तीन महिनामा ९५ करोड २४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.४७ प्रतिशतबाट०.३१ प्रतिशतमा झरेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, नेटवर्थ प्रति सेयर १२६ रुपैयाँ ६४ पैसा र मुल्य आम्दानीको अनुपात १२.६० गुणा रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले ३७ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा नौ करोड ६८ लाख बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरीले २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड सात लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले ७८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अुनपात ८.७४ गुणा रहेको छ । त्यस्तै खराब कर्जा अनुपात २.४७ प्रतिशत तथा पूँजी कोष अनुपात १३.९७ प्रतिशत, कोषको लागत ७.९९ प्रतिशत, आधारदर १०.४५ प्रतिशत र कर्जा निक्षेप अुनपात ७९.२१ प्रतिशत रहेको छ ।

सिभिल बैंक
सिभिल बैंकले १५ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वषर््को तुलनामा १४.१० प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड ५० लाख मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ६० करोड २२ लाख रुपैयाँ रहेको छ । बैंके यो अवधिमा ६० करोड २९ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने ४२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरि ४४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ३.०६ बाट घटेर २.९३ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेप अनुपात ७७.०९ प्रतिशत, आधार ब्याज दर ११.११ प्रतिशत, प्रति शेयर आम्दानी सात रुपैयाँ ९४ पैसा, नेटवर्थ प्रतिशेयर १२८ रुपैयाँ ७७ पैसा र मुल्य आम्दानीको अनुपात १८ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]