November 6th, 2019

सम्पत्ति सुद्धिकरणले बैंकिङ क्षेत्रमाथि अनुसन्धान गर्ने

बैंकिङ खबर । सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागले बैंकमा रहेको वैदेशिक लगानीको स्रोत खोज्ने भएको छ । नेपाल राष्ट्र बैंकको सहयोग लिएर विभागले यस्तो कार्य अघि बढाउने भएको हो । सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागले बैंकहरुबाट धितो मूल्याङकनमा समेत लापर्वाही भएको भन्दै त्यस बारे पनि छानविन गर्ने योजना अघि सारेको छ । नेपाल राष्ट्र बैंकका निलम्वित डेपुटी गभर्नर शिवराज श्रेष्ठले यस्तो कार्यमा असहयोग गरेका कारण उनीमाथि कार्बाही गर्न विभागले मन्त्रीपरिषदलाई आग्रह गरेको थियो । सोही आधारबाट मन्त्री परिषदले डेपुटी गभर्नर श्रेष्ठलाई कार्बाही गर्न राष्ट्र बैंक संचालक समितिलाई पत्राचार गरेको थियो । यस बारे नेपाल राष्ट्र बैंकले छानविन समिति गठन गरीसकेको छ । विभागले सम्पत्ति सुद्धिकरण कार्यमा सहयोग गर्न नेपाल राष्ट्र बैंकसमक्ष आग्रह समेत गरेको छ । स्रोतका अनुसार यस अघि पनि विभागले नेपाल राष्ट्र बैंकलाई यस विषयमा पत्राचार गरेको थियो । सो कार्यमा डेपुटी गभर्नर श्रेष्ठले फाइल लुकाउने, उल्टै बैंकहरुसँग मिलेमतो गरेर काम गर्ने र विभागलाई सअसहयोग गर्ने जस्ता कार्य गरेको विभागको दावी छ । विभाग स्रोतका अनुसार मन्त्री परिषदलाई यो सबै कुराको ब्रिफिङ गरेरै उनी विरुद्ध पत्राचार गरिएको बताइएको छ । शिवराज श्रेष्ठलाई निलम्बन गर्नमा विभागको महत्वपूर्ण भूमिका रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]