शेयर बजारका हरेक लगानीकर्ताले कम्पनीहरुले प्रकाशित गर्ने बित्तीय बिबरण र त्यसका संचालकहरुको विश्वासमा लगानी गरेका हुन्छन् । तर, वास्तविकतामा त्यस्तो नहुन पनि सक्छ । कहिलेकाँही तपाईँकै विश्वास झटो सावित भइदिन सक्छ । शेयर बजारमा लगानीका लागि अनुसन्धान र आँकलनको ठूलो भुमिका हुन्छ । तर यसो गर्दागर्दै पनि हामीले धोका खानुपर्ने अबस्था त्यतिखेर आउँछ, जब कम्पनीको पुरै ब्यवस्थापन मिलेर गलत बित्तीय बिबरण बनाएर आम लगानीकर्तालाई मुर्ख बनाएको प्रमाणित हुन्छ । नेपालमा मात्रै नभएर विश्वभर नै यस्तो अवस्था रहन्छ । हेर्नुस् केही उदाहरणहरु ः
जेडजेडजेडजेड बेष्ट इंक काण्ड (१९८६)
अमेरिकामा बैरी मिखाओ, गलैँचा सफाई कम्पनीका मालिक थिए । उनले आफ्नो कम्पनीलाई गलैँचा सफाईको जनरल मोटर्स कम्पनी बनाउने कुरा सार्वजनिक गरे । जेडजेडजेडजेड नामको अरर्बौँ लगानीको कम्पनी बनाउन उनले जालसाजी र चोरीको बाटो अपनाए । उनले जो कोही सामान्य लगानीकर्ताले थाहै नपाउने गरी १० हजार वटा नक्कली कागजात र बिक्री रसिद तयार गरे । जेडजेडजेडजेड बेष्टले सन् १९८६ मा सर्वसाधारणमा शेयर जारी गरेर बजार पूँजीकरण २० करोड डलर भएको घोषणा गर्यो । त्यसबेला कम्पनीका मालिक बेरी मिखाओ २५ बर्षका मात्र थिए, उनको कर्तुत बाहिर आएर अदालतले दोषी ठहर गरेपटि उनी २५ बर्षका लागि जेलमा थुनिए ।
सेन्टेनियल टेक्नोलोजिज ईंक काण्ड (१९९६)
सेन्टेनियल टेक्नोलाजिज् ईंकका प्रमुख कार्यकारी ईम्मानुयल पिनेज र उनको ब्यवस्थापनले कम्पनीलाई पीसी मेमोरी कार्ड बिक्रीबाट २० लाख डलर आम्दानी भएको बिबरण सार्वजनिक गर्यो । त्यसपछि कर्मचारीहरुले रेकर्ड तोड्ने बिक्री भएको देखाउँन अनेकौ नक्कली बिक्री कागजातहरु तयार पारे । न्युयोर्क स्टक एक्सचेन्जमा कम्पनीको प्रतिशेयर मूल्य ५५.५० डलरबाट ४५१ प्रतिशतले बढ्यो । अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले सेन्टेनियलले सन् १९९४ देखि १९९६ सम्मको अवधिमा आफ्नो आम्दानीलाई ४ करोड डलरले अधिक मूल्यन गरेको थियो । जब कम्पनीले १ करोड २० लाख डलर खुद नाफा आर्जन गरेको देखायो, कम्पनीको वास्तबिक घाटा २ करोड ८० लाख थियो । यो कुराको पोल खुलेपछि सेन्टेनियलको शेयर मूल्य ३ डलर भन्दा तल झर्दा २० हजार लगानीकर्ताले आफ्नो लगानी जत्ति सबै गुमाए । वाल स्ट्रिटको कुनै बेलाको एउटा आकर्षक कम्पनी अन्ततः समाप्त भयो ।
ब्रि–एक्स मिनरल्स काण्ड (१९९७)
क्यानडाको राम्रो कम्पनीमा गनिने ब्रि–एक्स मिनरल्स कम्पनीको ईण्डोनेशियन सुनचाँदीको सम्पतिको मूल्य २० करोड औंसभन्दा बढी भएको र दुनियाँको सबैभन्दा धनी कम्पनी भनेर प्रचार गरिएको थियो । यसका शेयर लिनेहरुलाई रातारात धनी बनाउँदै शेयर मूल्य प्रतिकित्ता २ सय ८० डलर नाघ्यो । त्यसबेला बजार पूँजीकरण ४४ करोड डलर नाघेको थियो । जब ईण्डोनेशियन सुन खानी फर्जी रहेछ भन्ने पत्ता लाग्यो त्यसपछि सो कम्पनीको शेयर मूल्य तुरुन्तै पेन्नीमा बदलियो । यसमा मुख्य गरी क्युबेक पब्लिक सेक्टर पेन्सन फण्डको ७० करोड, ओन्टारियो टिचर्स पेन्सन फण्डको एक अर्ब र ओन्टारियो नगरपालिका कर्मचारी अबकाश बोर्डको ४५ करोड डलर डुब्यो ।
एनरोन काण्ड (२००१)
नेपालको अरुण तेस्रो जलबिद्युत आयोजनामा समेत लगानी गर्ने भनी चर्चामा आएको एनरोन हस्टनमा रहेको ऊर्जा व्यापार कम्पनी थियो । यो अमेरिकाको धेरै आम्दानी गर्नेमध्येमा पर्ने सातौं ठूलो कम्पनीमा गनिन्थ्यो । यसले केही आफ्ना सहायक कम्पनीहरुको समेत हिसाव किताव राख्ने संदिग्ध लेखा प्रणाली अपनाएको थियो । साथै, कम्पनि आधारभूत रुपमा स्थिर र मजबुद रहेको देखाउन करोडौका हिसाबहरु ब्यवस्थित रुपमा राखिएको थियो । एनरोनका कार्यकारीहरुले संचालन गर्ने अन्य सहायक कम्पनीहरुको हिसाबकिताब पनि यसै गरी राख्न्थियो र कमाई भएको एक डलरलाई पनि कयौं पटक दोहोर्याएर देखाईन्थ्यो । यी कर्तुतहरुको पोल खुलेपछि एनरोनको शेयर मूल्य ९० डलरबाट ७० सेन्टमा खस्दा कयौं लगानीकर्ताहरुको होस् हवासै उड्यो । जब एनरोन धरासायी भएको खबर सर्बत्र छायो, यसले बिश्वको त्यतिबेलाको पाँचौं ठूलो लेखापरीक्षण कम्पनी आर्थर एण्डरशनलाई पनि धरासायी बनायो । यो घटनाले एनरोनका मुख्य लेखापरीक्षक डेभिड डड.कनलाई पनि नराम्ररी धरासायी बनायो र उनले श्रृंखलाबद्ध रुपमा तयार पारिएका हजारौ अबैध कागजातहरुलाई नष्ट गर्न आदेश दिए ।
वल्र्डकम काण्ड (२००२)
वल्र्डकम टेलिकम्युनिकेशन अर्को बुक कुकिड अर्थात करोडौ डलरको लेखापरीक्षण घोटाला सावित भयो । यसमा संचालन खर्चलाई लगानीमा देखाएर गलत रुपमा आर्थिक आँकडाहरुलाई बंग्याईएको थियो । रोचक पक्ष यो छ कि कम्पनीले कार्यालय कापी कलम र पेन्सिल जस्ता बस्तुहरु खरिदमा हुने खर्चलाई भबिष्यका लागि लगानी भन्दै बर्षौदेखि पूँजीकृत गर्दै आएको थियो । कम्पनीले ३८ करोड डलर रुपैयाँ बराबरका खर्चहरुलाई लगानी भन्दै पूँजीकृत गरेको प्रमाणित भयो । यस प्रकारको लेखा प्रणाली अपनाएर कम्पनीलेसन् २००१ मा १३ करोड खुद नाफा देखायो । वास्तबमा उसको ब्यवसाय बढ्दो रुपमा घाटामा गईरहेको थियो । यसको पोल खुलेपछि दशौ हजार कर्मचारीले जागिर गुमाए । लगानीकर्ताहरुले पनि ठूलो मार खेप्नुपर्यो । अन्ततः शेयर मूल्य ६० डलरबाट २० सेन्टमा झर्यो ।
टेको ईन्टरनेशनल काण्ड (२००२)
टेको ईन्टरनेशनलका कार्यकारीहरुले सन् २००२ मा शेयर बजारका लागि अविश्वसनीय बर्ष हुने दावी गरे । त्यस बेला टेको शेयर बजारको ब्लु चिप्स मानिन्थ्यो जसले ईलेक्ट्रोनिक, स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरणहरु उत्पादन गर्दथ्यो । टेकोका कार्यकारी डेनिस क्याजिवस्कीले राजीनामा गर्दा स्वीकृत नगरिएको कर्जा र जालािँचीपूर्ण रुपमा शेयर बेची रकम आफ्नो खातामा सारेको बिबरण सार्वजनिक भयो । उनी बिजिनेश विक भन्ने पत्रिकाले विश्वका २५ औं सफल ब्यवस्थापक मध्येमा बर्गीकरण गरेको ब्यक्ति थिए ।
यसपछि कम्पनीका उपल्ला अधिकारीहरु मार्क स्वार्ज र मार्क बेलनिकले शून्य ब्याजदरमा १७ करोड डलर कर्जा स्वीकृत नै नगराई प्राप्त गरेको खुलासा भयो । कोजिवस्की र बेलनिकले ७५ लाख कित्ता शेयरहरु ४५ करोड डलरमा बेचेको कुरा पनि खुल्यो । यो रकम कार्यकारीहरुको बोनस वा आम्दानीको रुपमा कम्पनीबाट बाहिरिएको थियो । कोजिवस्कीले यो रकम आफ्नो जीवनशैलीलाई बिलासी बनाउन, आलिशान भवनहरु किन्न, ६ हजार डलरको नुहाउने शावर बनाउन र श्रीमतिको जन्मदिन मनाउन २० लाख डलर खर्च गरेर सिध्यायो । एकपछि अर्को गर्दै यी काण्डहरु बाहिर आउन थालेपछि ६ साताको अवधिमा टेकोको शेयर मूल्य ८० प्रतिशतसम्म तल झर्यो । कम्पनी धरासायी भएपछि पुख्य कार्यकारी बिरुद्ध अदालतमा मुद्धा पर्यो । पहिलो सुनुवाइृमा उनी महिनावारी भएको बहाना पारी उपस्थित भईनन् । दोस्रो सुनुवाईपछि २५ बर्षको जेल तोकियो ।
हेल्थ साउथ काण्ड (२००३)
सन् १९९० को सुरु तिर हेल्थसाउथ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी रिचार्ड सेक्युस्येले कम्पनीको आयलाई बढाएर नाफा बढी भएको देखाउन कर्मचारीहरुलाई आदेश दिए । त्यतिबेला यो कम्पनी अमेरिकाको एक नम्बर स्वास्थ्य सेवा प्रदायक कम्पनीमा गनिएको थियो र चम्किदो ब्यापार तथा बढ्दो आम्दानीले गर्दा अरु कम्पनीहरुलाई पनि धमाधम आफुमा गाभ्दै थियो । यो कम्पनी पहिलोपल्ट सन् २००२ मा सामान्य समस्यामा परेको संकेत देखियो जब यसले ७ करोड ५० लाख डलर बराबरको शेयर बेच्यो । त्यसपछि कम्पनी घाटामा गएको बिबरण सार्वजनिक भयो । लेखापरीक्षण गर्ने कम्पनीले शेयर बेचेका कारण कम्पनी घाटामा नगएको निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सतर्क गराउनुपर्ने सुझाव दियो । मार्च २००३ मा मात्र कम्पनीमा भएको गलत कृयाकलापको पोल खुल्यो । सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले कम्पनीको नाफा १४ करोड डलर बढी देखाईएको पत्ता लगायो । अमेरिकी गुप्तचर संस्था एफबीआईमा काम गर्ने विलियम्स आउन्जले कम्पनीका कार्यकारी सेक्युस्येको आवाज टेप गर्दा यो कुराको भण्डाफोर भयो । त्यसपछि यस कम्पनीको शेयर मूल्य २० डलरबाट एकैदिन ४५ सेन्टमा झर्यो । कम्पनीका प्रमुख कार्यकारीमाथि ३६ वटा अभियोग लाग्यो, अन्त्यमा उनले अस्पताल अनुगमन बोर्डको एउटा पदको लागि ५ लाख डलर दिएको स्विकारे ।
बर्नाड मुडोफ काण्ड (२००८)
नास्डाकका पूर्व अध्यक्ष तथा बजार निर्माता बर्नाड एल मुडोफ ईृन्भेष्टमेन्ट सेक्युरिटिजका संस्थापक बर्नाड मुडोफ आफ्ना दुई छोरासहित ७० बर्षको उमेरमा पक्राउ परे । सन् २००८ को सेप्टृेम्बर ११ मा पक्राउ परेका उनीमाथि पोन्जी स्किम संचालन गरेको आरोप लागेको थियो । अरुबाट रकम संकलन गरेर लगानीकर्ताहरुलाई उपलब्ध गराउने यस्तो योजनामा उनले वास्तविक घाटा लुकाउने प्रयास गरेका थिए । १५ बर्षसम्मको योजनामा हरेक बर्षजस्तो ११ प्रतिशतको दरले नाफा प्राप्त भएको थियो । यस्तो फण्ड शेयर बजारको अस्वभाविक घटबढ भोलाटाईलिटी रोक्न प्रयोग गरिन्छ । यस्तो रकम पाँच अर्ब डलरसम्मको थियो भन्ने अनमान लगाईयो ।