संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले बैंकिङ व्याजदर औसतमा ०.५० प्रतिशत तोकेको छ । अमेरिकी जनता फेडरल रिजर्भले कहिले व्याजदर बढाउला भन्ने प्रतिक्षामा छन् । छिमेकी मुलुक भारतमा यस्तो व्याजदर ६ प्रतिशत रहेको छ । भारतको केन्द्रिय बैंकले व्याजदर ५ वर्षयताकै न्यून विन्दुमा झारेको हो । नेपालका बैंकहरुले डिपोजिट रकमको औसतमा २.९४ प्रतिशत व्याज दिने गरेका छन् । यी व्याजदरहरु हामीलाई सामान्य लाग्छन् । यद्यपि, संस्सारमा यस्ता मुलुकहरु छन्, जहाँका बैंकहरु एकदमै असाधारण व्याज दिने गरेका छन् । कुनै मुलुकको बैंकिङ व्याजदर असामान्य रुपमा धेरै रहेको छ । भने कुनैमा अति थोरै । यसैबिच, संसारमै सबैभन्दा धेरै (२५ प्रतिशतको हाराहारीमा) व्याज दिने मुलुकहरुका बारेमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिन्छ ः
बेलारुस
बेलारुसमा व्याजदर सँधै युरोप महादेशमै सबैभन्दा उच्च रहँदै आएको छ । गत वर्ष भने यहाँको सरकारले ठूलो मात्रामा व्याजदर घटायो । अहिले यहाँको व्याजदर २५ प्रतिशत रहेको छ ।
घाना
अफ्रिकी मुलुक घानामा अफ्रिका महादेशकै सबैभन्दा धेरै व्याजदर रहेको छ । यहाँको व्याजदर २५ प्रतिशत रहेको छ ।
मलावी
अर्को अफ्रिकी मुलुक मलावीका बैंकले पनि २५ प्रतिशतको हाराहारीमा व्याजदर दिने गरेका छन् । सन् २००१ मा यहाँको व्याजदर ७५ प्रतिशतसम्म पुगेको थियो ।
अर्जेन्टिना
उत्तर अमेरिकाकै सबैभन्दा बढी व्याजदर भएको मुलुक हो अर्जेन्टिना । यहाँका बैंकहरुले औसत २४ प्रतिशत व्याज दिने गर्दछन् । सन् २००२ मा ९० प्रतिशतसम्म व्याजदर दिने गरेकोमा मुलुकमा आर्थिक समस्या देखिएपछि यस्तो व्याजदर क्रमिक रुपमा घटाउँदै लगिएको हो ।
युक्रेन
युक्रेनका बैंकहरुले २२ प्रतिशतसम्म व्याज दिने गर्दछन् । पटकपटक गरी घटाएर सो व्याजदर कायम गरिएको हो ।