November 1st, 2019

बैंकरको तलव संसारमै उच्च, कतिसम्म खान्छन् प्रतिष्ठित बैंकरले ?

बैंकिङ खबर । बैंकिङ करिअरप्रति युवाहरुको आकर्षण बढ्दो छ । किनकि, यो क्षेत्रमा राम्रो सेवा सुविधा हुन्छ । नेपालमा बैंकका सीईओहरुको तलब बार्षिक रुपमा करोडको रेञ्जमा छ । अमेरिका, बेलायत, चिन जस्ता विकसित मुुलुकमा सीईओको तलब करोडौँ डलरमा हुन्छ ।

छिमेकी मुलुक भारतका सबैभन्दा महँगा बैंकर आदित्य पुरी एक महिनामै ८९ लाख भारु लिन्छन् । उनी भारतको एचडीएफसी बैंकका एमडी हुन् । अन्य भारतीय बैंकरहरुको तलब मासिक १५ लाख भन्दा बढी नै रहेको छ ।

संसारकै सबैभन्दा महँगा बैंकर जेमी डिमन अमेरिकाका हुन् । उनी जे पी मोर्गन चेजका सीईओ हुन् । उनी वार्षिक ३१ मिलियन अमेरिकी डलर तलब लिन्छन् । अमेरिकाकै एक बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक मोर्गन स्टान्लीका सीईओ जेम्स मोर्गन पनि कम छैनन् । उनले वार्षिक २९ मिलियन अमेरिकी डलर तलब लिने गरेका छन् । धेरै तलब खाने बैंकरहरुको लिस्टमा प्रायः अमेरिकी बैंकरहरु नै छन् ।

चीनको सबैभन्दा ठूलो बैंक आईसीबीसीले सीईओलाई १.९६ मिलियन युआन वार्षिक तलब दिएको छ । अहिले यस बैंकका सीईओ जियाङ जियाङक्विन छन् । बेलायतको एचएसबीसी बैंकले सीईओ स्टर्ट गुलिभरलाई १३.३ मिलियन युरो दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]