बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छपाउन लागेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ । हरेक नोट तीन वर्षका लागि छपाउने गरिन्छ । २० रुपैयाँ दरका नोट यसअघि सन् २०१६ मा २१ करोड थान छपाइएको थियो ।