October 26th, 2019

राष्ट्र बैंकमा रोजगारीको अवसर : प्लस टु उतीर्णले पनि एप्लाई गर्न पाउने

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ ।

केके चाहिन्छ योग्यता ?
सहायक निर्देशकका लागि मेनेजमेन्टमा स्नातकोत्तर गरेको हुनुपर्छ । लेखा वा लेखापरीक्षणमा सहायक निर्देशकका लागि स्नातकोत्तर उतीर्ण गरेको सीए हुनुपर्छ भने सहायकका लागि प्लस टु उतीर्ण हुनुपर्छ ।


आवेदन कसरी दिने ?
आवेदन फारम राष्ट्र बैंकको वेभसाइटमा उपलब्ध छ । साथमा परीक्षाको तयारीका लागि पाठ्यक्रम पनि उपलब्ध छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]